Main Menu
  |   Sunday, July 22, 2018
यसकारण पर्यटक आएनन् लुम्बिनीमा
यसकारण पर्यटक आएनन् लुम्बिनीमा

भैरहवा । मुलुकमा आएको प्राकृितक विपत्ति र देशको राजनीकि अस्थिरताका कारण लुम्बिनीमा पर्यटक आगमनको सङ्ख्यामा ह्वात्तै कमी आएको छ ।
लुम्बिनी विकास कोषले निकालेको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा पर्यटक आगमनमा लगभग आधाले कमी आएको उल्लेख छ ।

यस बर्षको शरुका महिनामा मुलुकमा आएको बिनासकारी भुकम्प र पछिल्लो २ महिना तराईका जिल्लाहरूको बन्द र हड्तालका कारण पर्यटक आगमनमा कमी आएको कोषले जनाएको छ । गत सालको तथ्याङ्क अनुसार सन् २०१४ को सेप्टेम्बर महिनामा विश्वका २१ ओटा मुलुकबाट जम्मा आठ हजार ६१ जना पर्यटक लुम्बिनी अवलोकनका लागि आएकोमा यो वर्ष भने जम्मा ४ हजार ४ सय ६१ जना मात्र पर्यटक लुम्बिनी भ्रमण गर्न आएको देखाएको छ ।

अन्य मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्यामा कमी आए पनि श्रीलङ्काबाट नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या भने यो वर्ष बढेको देखाएको छ । श्रीलङ्काबाट गत वर्षको सेप्टेम्बर महिनामा ४ हजार ९ सय २६ पर्यटक नेपाल प्रवेश गरेको र यो वर्षको सेप्टेम्बरमा ५ हजार ७६ पर्यटक नेपाल प्रवेश गरेका हुन् । तर आन्तरिक पर्यटक र भारतबाट आउने पर्यटकको सङ्ख्यामा भने ह्वात्तै कमी आएको छ ।

गत वर्ष सेप्टेम्बर महिनामा भारतबाट लुम्बिनी आउने पर्यटकको सङ्ख्या पाँचहजार तीन सय रहेकोमा यो वर्ष भने जम्मा सात सय एक जना रहेको छ । त्यस्तै नेपाली पर्यटकहरू पनि लुम्बिनी जान सकिरहेका छैनन् । गत वर्षको सेप्टेम्बर महिनामा १५ हजार ७ सय २३ जना नेपाली पर्यटकले लुम्बिनीको अवलोकन गरेका थिए भने यो वर्ष जम्मा २ हजार २ सय २९ जना पर्यटकले लुम्बिनीको भ्रमण गरेको कोषको सुचना शाखामा कार्यरत दिलिप सिंहले जानकारी दिए ।

उता पैदल तथा सडक मार्ग हुँदै तेस्रो मुलुकका पर्यटक पनि सुनौलीबाट नेपाल प्रवेश गर्न सकेका छैनन् । जबर्जस्ती म जान्छु भनेर आउने पर्यटकहरू आएका छन् नत्र अन्यलाई नेपालमा आन्दोलन चर्किएको छ भनेर भारततर्फ बाटै फिर्ता गरेका कारण उतैबाट पर्यटकहरू फर्किएको खबर आएको रुपन्देहीको बेलहिया स्थित अध्यागमन विभागका वरिष्ठ अधिकृत आनन्द पौडेलले बताए ।

पर्यटककै लागि भनेर खोलिएका होटलहरू पनि गत वैशाखमा गएको भूकम्पदेखि निरन्तर खालीजस्तै छन् । बैङ्कको ऋणसम्म तिर्न सकेका छैनौँ, काम गर्ने कर्मचारीको तलव समेत दिन धौधौ परेको छ , यस्तै अवस्था रहिरहे व्यवसाय नै परिवर्तन गर्नुपर्छ , हाम्रो व्यवसाय चौपट हुन्छ लुम्बिनीका एक होटका सञ्चालकले गुनासो गरे ।

लुम्बिनीमा पर्यटकहरू आउन नसक्दा होटल व्यवसायी मात्र होइन ट्याक्सी चालकहरू, रिक्सा चालकहरू, सानातिना पसल व्यवसाय गरेर बस्नेहरूको रोजीरोटी समेत धरापमा परेको छ ।

मधेसवादी दलको बन्दका कारण आफू असुरक्षित भएको महसुस गर्दै त्यहाँका कर्मचारीहरू समेत पलायन हुँदा अन्य कामसमेत ठप्प भएका छन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।