Main Menu
  |   Wednesday, November 14, 2018
मजदुरलाई विभेद कहिले सम्म ?
मजदुरलाई विभेद कहिले सम्म ?

अर्जुुन ज्ञवाली

आज अन्तर्रा्ष्ट्रिय मजदुर दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी धुमधामसँग मनाइदैछ । यसै सन्द्रभमा रहेर यो आलेख शुरु गर्न चाहान्छु । अर्थशास्त्रमा श्रम, पूंजी, भुमि र सगंठनको सामुहिक सहभागिता र प्रयत्नले उत्पादन हुन्छ । उत्पादनको बिक्री अर्थात बितरणबाट प्राप्त प्रतिफल सबै पक्षले पाउनु पर्छ ।

तर बर्तमान अबस्था श्रम गर्ने श्रमिक अर्थात मजदुरले पाउने प्रतिफल, पूंजीले पाउने प्रतिफल र भुमिले पाउने प्रतिफल वा सगंठनले पाउने प्रतिफल समतापुर्ण र न्यायपुर्ण छैन। यो सबैलाई थाहा भएको कुरा हो। खास गरेर श्रम विनाको उत्पादन असम्भव प्राय छ । उत्पादनको एउटा प्रमुख पक्ष मजदुरले पाउने प्रतिफल एकदम कम छ ।

त्यसमा पनि तल्लो बर्गका मजदुरको अबस्था झन दयनीय छ । माथिल्लो स्तरको मजदुर र तल्लो स्तरका मजदुर बिच पनि असमानता छ । मजदुर बिच नै असमान ब्यवस्था हुनु खेदपुर्ण कार्य हो । त्यसैले सबै मजदुरलाई समान अवसर समान प्रतिफल अहिलेको आवस्यकता हो । उत्पादनका सबै अवयब बिच प्रतिफलको समान बितरण हुनुपर्छ ।

होइन भने मजदुरको नाममा जतिसुकै कुर्लिए पनि प्रतिफलको असमान बितरणले सधै बिभेदलाइ बडबा दिएको हुन्छ । यसले बिभेधलाइ बैधानिकता दिएको छ । बिबेधपुर्ण बितरणले एउटै पेट भएका साहु(लगानीकर्ता) र मजदुर बिच असहिष्णुह बर्गिय असमनतालाइ सस्थागत गरेको छ । प्रतेक मानिसहरु समान हुन । तिनीहरुले जे जस्ता कामहरू गरे पनि उनिहरुले पाउने प्रतिफल ज्याला समान हुनुपर्छ । बस्तु वा सेवा उत्पादन गर्दा कसैले पूंजी लगानी गरेको हुन्छ, कसैले श्रम लगानी गरेको हुन्छ, कसैले बुुद्धी प्रयोग गरेको हुन्छ ।

तर तिनीहरुको जिवन चलाउन आधरभुत आवस्यकता एउटै हुन्छ किनभने उनिहरुको पेट एउटै हुन्छ उनिहरुको मुख एउटै हुन्छ शरीर एउटै हुन्छ। उनिहरु सबैको सृष्टि समान जैविक प्रक्रियाद्धारा भएको हो । उनिहरुले फेर्ने सास एउटै हो । सबैलाई बाच्नको लागि अक्सिजन आवस्यकता पर्छ । उनिहरु प्राकृतिक हिसाबले एउटै हुन समान हुन । सबै मानिसको रगत रातो हुन्छ । फरक त्यत्ति हो उत्पादनमा कसैले पूंजी लगानी गर्छ । कसैले आफ्नो श्रमको लगानी गर्छ ।

सामुहिक सङ्गनता, पहल र लगानीबाट प्रतिफल प्राप्त हुन्छ । तर प्रतिफल बितरण खासगरी पूंजी लगानी कर्ताले बढी पाउने दृष्टान्त छ । उच्च ओहोदाका भनिने मजदुरले त्यसको प्रतिफल बढी पाएका छन । एउटै सस्थामा काम गर्ने मजदुरहरु बिच पनि असमान पारश्रमिक छ । आखिर सबैको एउटै पेट छ भने प्रतिफलमा किन फरक ? एउटै मुख छ भने प्रतिफल किन फरक छ ?

यसमा गम्भीर हुनु आजको आवश्यकता हो । सबैलाई समान प्रतिफल वितरण गर्दा आउने समस्या के के हुन पहिचान गरि त्यसको समाधान गरिनुपर्छ । प्रतेक मानिसहरू आफुमा सम्मानजनक हिसाबले स्वतन्त्र हुन्छन। ब्यक्तिगत रूपमा पाउने प्रतिफल सबैको बराबर हुनुपर्छ। सुबिधाको हिसावले सबै मजदुरको पहुच र अवसर समान हुनुपर्छ ।

कम्तीमा पनि लगानी, बिबेक र पसिलाको मुल्य न्यायपुर्ण र समतामुलक सम्मानपुर्ण गराउन सकेमा मजदुर दिवसले सही रुपमा सार्थकता पाउने थियो । सबै मजदुरहरुलाइ शुभकामना ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।