Main Menu
  |   Wednesday, November 14, 2018
नेतृत्वमा महिला
नेतृत्वमा महिला

कान्ति चुँदाली

गत सोमबार सुशीला कार्कीले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिन् । नेपालको न्यायिक इतिहासमा महिलाले नेतृत्व लिनु निकै ठूलो उपलब्धि हो । सुनौलो संयोग नै मान्नु पर्दछ कि उनले नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिइन् ।

यस अर्थमा भन्न सकिन्छ, संविधान जारी भएसँगै महिलाहरुका लागि निकै ठूला अवसरका ढोका खुले । माओवादी नेतृ ओनसरी घर्ती मगर सभामुख बनिन् । त्यस लगत्तै नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारी राष्ट्रपति भइन् । केही दिन अघि मात्र सुशीला कार्की प्रधानन्यायाधीश बनिन् । यो सँगै देशका महत्वपूर्ण अङ्गहरु व्यवस्थापिका, कार्यपालिका (यद्यपि राष्ट्रपति कार्यकारी पद होइन) र न्यायपालिकामा महिलाको नेतृत्व छ ।

राजनीतिशास्त्रमा एमए गरेकी प्रधानन्यायाधीश कार्कीले २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरी कानुनी यात्रा शुरु गरेकी थिईन् । राष्ट्रपति कार्यकारी पद नभएता पनि राष्ट्रप्रमुख महिला बनेको नेपाली इतिहासमा यो पहिलो पटक हो । (राजाको शासनकालमा नायक राज्य लक्ष्मी देवीले आप्mना नाबालक छोराको उत्तराधिकारीको रुपमा राज्य चलाएकी थिइन् । उनलाई राज्यको उत्तराधिकारी पनि भनिन्छ ।) एमाले संस्थापक नेता मदन भण्डारीकी पत्नी भण्डारीले पार्टीमा उपाध्यक्ष तथा स्थायी कमिटी सदस्यको पदमा रही जिम्मेवारी पूरा गरेकी थिइन् ।

नेपाली इतिहासमा पहिलोपटक सभामुख बनेकी ओनसरी घर्ती मगर चालीसको दशकपछि राजनीतिमा होमिएकी हुन् । पार्टीमा उनले केन्द्रीय सदस्य पदमा रही जिम्मेवारी पूरा गरेकी थिइन् । उनले यसभन्दा पहिले उपसभामुखको रुपमा काम गरी सकेकी थिइन् ।
कार्की, भण्डारी र घर्तीले राज्यका अङ्गहरुको नेतृत्व गरीरहँदा अन्य थुप्रै महिलाहरुले आ–आफ्नो क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । क्षमता र पहुँचको आधारमा महिलाहरुले आफ्नो कार्यमा विशिष्टता हासिल गर्दै गइरहेका छन् ।

अझ अर्को खुशीको कुरा छ, गत केही समय यता महिलामाथि हुने सम्पूर्ण विभेदको अन्त्य सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको सदस्यको रुपमा नेपाली महिला बन्दना राणा मनोनित भइन् । यस विषयमा कलम र बहस चलाएकै कारण सञ्चारिका समूहकी पूर्व संस्थापक अध्यक्ष समेत रहेकी राणा कानुन बनाउने ठाउँमा पुगेकी हुन् । उनले नेपालको प्रतिनिधित्व गर्दा पक्कै पनि नेपाली महिलामाथिको विभेद, समस्या र समाधानका उपाय कानुन बनाउने ठाउँसम्म पु¥याउने छिन् ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व पनि महिलाले नै गरेकी छन् । पुरुषसँगको प्रतिस्पर्धामा पछि पार्दै नवीना लामा संगठनको केन्द्रीय अध्यक्ष बनिन् । विद्यार्थी राजनीति गरिरहेकी लामाले संगठनलाई नेतृत्व दिएकी छिन् । यसअघि पनि रामकुमारी झाक्रीले सोही संगठनको नेतृत्व गरीसकेकी छिन् ।

राष्ट्रिय समाचार समिति (रासस)को पनि महिलाले नै नेतृत्व गरेकी छिन् । राससको प्रथम महिला महाप्रबन्धक भएर निर्मला आचार्यले इतिहास नै रचेकी छिन् । २०५० सालमा समाचारदाताको रुपमा राससमा प्रवेश गरेकी आचार्यले नेश्नल युनियन अफ जर्नालिष्टको महिला विभाग अध्यक्ष, थर्ड वल्ड मिडिया नेटवर्क नेपाल शाखाको महासचिव, एसियाली पत्रकार संघ नेपालको सदस्य लगायतको जिम्मेवारी पूरा गरीसकेकी छिन् ।

नेपाली महिलाहरुले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रो छवि बनाएका छन् । थुप्रै नेपाली नारीहरुले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका छन् । महिला बेचविखन विरुद्ध अभियान चलाएकी अनुराधा कोइराला र बन्दी बाबुआमाका छोराछोरी पढाइ उज्ज्वल भविष्यतर्फ अग्रसर गराइरहेकी पुष्पा बस्नेतले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित पुरस्कार सिएन.एन् हिरो अवार्ड प्राप्त गरिसकेका छन् । अनुराधा कोइराला माइती नेपालकी संस्थापक अध्यक्ष हुन् । यस्तै महिला बेचबिखन विरुद्धकै अभियानमा सक्रिय अर्की महिला चरीमाया तामाङले पनि अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान पाइसकेकी छिन् । आफै बेचिएर पीडा र यातना भोगेकी चरीमाया आफू जस्तै अरुले यस्तो पीडा भोग्न नपरोस् भनेर यस अभियानमा लागेको बताउँछिन् ।
यसरी महिलाले चाहे र अवसर मिले जुनसुकै क्षेत्रमा पनि काम गर्न सक्छन् ।

नेतृत्व गर्न सक्छन् भन्ने माथि उल्लेख गरिएका केही महिलाहरुले देखाएका छन् । शिक्षा, अवसर, सीप र पहुँच भयो भने महिलाले पनि पुरुष बराबर, अझ राम्रोसँग काम गर्न सक्छन् भन्ने यी महिलाहरुले स्पष्ट पारेका छन् ।
यति भनिरहँदा सम्पूर्ण नेपाली महिलाको अवस्थामा आमूल परिवर्तन आयो भन्न भने सकिदैन । केही महिलाहरु अवसर र पहुँचका आधारमा नेतृत्वदायी तहमा पुगे भन्दैमा समग्र महिलाको अवस्था सुध्रियो भन्न सकिदैन ।

अझै पनि अधिकांश महिला घरभित्र सीमित रहन बाध्य छन् । कोही शिक्षा र क्षमता नभएर घरभित्र सीमित छन् भने शिक्षा र क्षमता हुनेहरु पनि अवसर र पहुँचका कारण घरभित्र सीमित रहन बाध्य भएका छन् । शिक्षा र दक्षता नभएका महिलालाई शिक्षाका साथै क्षमता अभिवृद्धि तथा सीपमूलक तालिमहरु दिनु आवश्यक छ भने शिक्षा र दक्षता भएर पनि अवसर नपाएकाहरुलाई अवसर र पहुँचको ढोका खोलिदिनुपर्छ । अनि मात्र महिलाहरु सक्रिय जीवन जिउन पाउँछन् । यसले महिलामा आत्मसम्मान प्राप्त हुनुको साथै आयआर्जनको काम गर्न पनि सक्छन् । यसले महिलामाथि हुने हिंसा कम गर्नुका साथै महिला पुरुष छुट्टाछुट्टै दर्जाको नभई समान हैसियतको हो भन्न सघाउँछ ।

विभिन्न क्षेत्रमा महिला सहभागिताका कुराहरु पछिल्लो रुपमा जोडतोडले उठिरहेका छन् । साथै लागू पनि भएको छ । यो सह्रानीय कुरा हो । तर कुनै संस्थामा एक महिला अनिवार्य भनिन्छ । महिला नै सहभागी नहुनुभन्दा पनि हुनु राम्रो कुरा हो । तर १० जना सदस्य रहेको एउटा संस्थामा एउटा महिलाले के काम गर्ने ? उसको आवाज कसले सुनिदिने ? तसर्थ महिलाको अनुहारको मात्र सहभागिता नगराई उसको विचारको सहभागिता गराउनुपर्छ । महिला पुरुष दुवैको विचारको समान सहभागिता र सम्मानका लागि महिला पुरुष दुवैको समान सहभागिता हुनुपर्छ । कार्यकारी पदमा पुरुष बस्ने र एउटा दुइवटा सदस्य महिलालाई दिने प्रणालीलाई सही मानेमा महिलाको वास्तविक र व्यवहारिक प्रतिनिधित्व भएको ठहरिदैन । महिला भएकै कारण महिला सहभागी हुने भन्दा पनि दक्षता र क्षमताका आधारमा महिलाको सहभागिता हुनु पर्छ । महिलाको अनुहारले मात्र महिलाको विचारको प्रतिनिधित्व गर्दैन । तसर्थ सर्वप्रथम महिलालाई दक्ष, योग्य र क्षमतावान बनाउन राज्यले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ ।

अन्त्यमा, राज्यका प्रमुख निकायहरुमा महिलाले नेतृत्वमा पुगी काम गरिरहेका छन् । यो महिलाहरुका लागि निकै खुसीको कुरा हो । यसले राम्रो कामको शुरुवात गरेको छ । यसले महिलाले अवसर पाए राज्यकै नेतृत्व गर्न सक्छन् भने अरु त सजिलै गर्छन् भन्ने कुराको पनि गतिलो जवाफ दिएको छ । आगामी दिनमा शिक्षा, अवसर र पहुँचबाट टाढा रहेका महिलाहरुको रुचि हेरिकन क्षमता अभिवृद्धि गर्नुका साथै हरेक क्षेत्रमा सहभागी गराउने काममा जोड दिनुपर्छ । यसका लागि सर्वप्रथम त महिला नै रुचि, जोश, जाँगर बोकी सक्रिय रुपमा लाग्नुपर्छ, साथै राज्यले यसमा सहयोगी भूमिका खेल्नुपर्छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।