Main Menu
  |   Wednesday, November 14, 2018
दशैं,देश र दशा
दशैं,देश र दशा

दशै प्राचीन कालदेखि मानि आएको पूर्वीय दर्शन अन्तर्गतको विशिष्ट सँस्कृतिक पर्व हो । जसले मातृसत्ताको सम्झना गराउँदै । नारी जातीलाई समाजले उच्च स्थानमा राखेको थियो भन्ने विषयमा पनि दशैको महत्व रहेको छ । आदिम कालदेखि मातृ सत्ताको सम्झाना गराउँदै तिनीहरुको पराक्रमको गाथा गाउँदै आएको दशै पर्वले ठोस रुपमा नारी मुक्तिका आवाजहरु घनिभूत गरेको छ । नारीको महिमा र पराक्रम संघर्षशील भावना कुन रुपमा थियो भन्ने विषयले नै दशैको उठान गरेको छ । धेरै युग बदली सके तर दशै पर्वले उठाएको नारी आवाजका स्वरहरुले वर्तमान सन्दर्भमा पनि उत्तिकै महत्व राख्छन् ।

दशैमा गहना र गुडियामा सजिएर होइन मानव मुक्तिका लागि संघर्ष गर्नुपर्छ भन्ने प्रेरणा दिएको छ । तर यस्तो प्रेरणा दिने दशैको सन्देश भन्दा पृथक ढंगबाट समाजको रीतीतीथी चलेका कारणले नारीहरु माथि शोषण गर्ने प्रकृया प्रर्थाको रुपमा विकसित भयो । यो दशैको सन्देश भन्दा कयौं गुणा फरक छ । समाज बदलिदै जाँदा दशैं पर्वमा पनि नयाँ–नयाँ रंग थपिदै गए । मूल मान्यताहरु विर्सिदै गए, आधुनिकताका नाममा दशैं जस्तो पर्वलाई तडकभडक भारी बोकाइयो । जुन भारी बोक्न नसकेर दशैं थला परीसकेको छ । शरद ऋतुको सुन्दर आगमन सँगै केरा, अम्बा जस्ता रसिला फलफुल पाकेको अवस्थामा र किसानहरु खेती पाती सकेर नयाँ भित्राउने अवस्थामा चलेको दशैं परम्परा प्रति कसैले औला उठाउने ठाउँ छैन । किनभने खेतमा अन्न पाकेको छ, बारीमा फुल फुलेका छन्, रुखमा फल फलेका छन् यो समय साच्चै प्रकृतिका दृष्टिले पनि वरदानयुक्त छ ।
.
मानिस सँधै भरी खेतीपातीको दास वा यन्त्रको दास हुन सक्दैन । त्यसलाई मनोरन्जनको पनि आवश्यकता पर्छ । हाम्रो मनोरञ्जनको समय धनी समय हो किन भने सबैका घरमा अन्न हुन्छ, लैना बकेर्ना भैंसी हुन्छन् । यसरी दशैंले बोकेको महत्व जति कोट्याए पनि यो कलमले जति लेख्न खोजे पनि कहिल्यै सकिन्न । जति राम्रा पक्ष हुन्छन् त्यस भित्र केही नराम्रा पक्ष पनि देखा पर्छन् जस्तै दशैमा चढाईने बलि प्रथा मानवीय दृष्टिले उचित होइन की ? कसैको रगत बगाएर कसैले मनोरञ्जन लिनु कतै मुक्तिको आवाज शंखघोस गर्ने मातृसत्ताका नेतृहरुको अपमान भएन र ? दशैं पर्व सँगै जोडिएको बली प्रथाले गर्दा कतै दशैको महत्वमा नुन नराखेको तरकारी त बनाउने होइन । यसो भन्दै दशैंको महत्व घट्छ भन्ने होइन खसी बोका, हाँस, कुखुरा, राँगा जस्ता पशु पंक्षी जस्ता मानिसले अत्याधिक रुपमा संरक्षण गर्दै आएको छ । यसलाई खेतीको रुपमा लिइएको छ, यदि खेती गरिन्छ भने त्यसलाई उपभोग गर्न उचित नहोला र ?
.
मानिसलाई सँधै भरी खसी काटेर बस्ने फुर्सद छैन र त एउटा समय बनाएको हो त्यो समय दशै पर्वमा पर्छ । दशैले वर्गीय रुप धारण ग¥यो “देखासीकी गरी जा, आरिसेले मरी जा” बाध्यताको परिणाम स्वरुप दशैलाई भनेर अरु बेला चाउरी परेका पेट दशैमा पुष्ट हुन्छन् । सँधै भरी सन्तुलित खाना पाएको भए गरिबलाई रोगले छुँदैनथ्यो होला । भए भरको सम्पत्ति आगामी दिनलाई ठन्डाराम पारेर खाओ पिओ मजा उडायो भन्ने भावनाबाट प्रेरित भएर गरिबहरुले दशै मनाएको देख्दा कतै दशैं दशा हो नहुनेहरुको दशै दशै हो हुनेहरुको, भन्ने विचारले समाजमा जरो गाडि सकेको देख्दा मातृ सत्ता देखिको मिलन बिन्दु टुटेर छिन्नभिन्न हुँदै बैमनुष्यतामा रुपान्तरण हुने त होइन ? “आयो दशैं ढोल बजाई गयो दशै ऋण बोकाई” भन्ने उखान हाम्रा लागि त्यसै बनेको होइन । होला यसभित्रका वास्तविकता कोट्याउदै जाने हो भने अनेक देखिन सक्छन् मातृसत्ताको समयमा दशै भड्किलो देखिन्न । जब अहंकारले विकास गर्दै गयो समाजमा वर्गहरुको सिर्जना भयो । हेप्ने र हेपिनेका बिच अन्तर द्धन्द्ध चल्यो । सभ्यता, सँस्कृति र मानव मुल्यलाई सम्पत्तिसँग तुलना गरियो, सबैको साँझा पर्वहरु हुने खानेका सम्पत्ति भित्र कैद बने ।
.
तसर्थ मानिसका बीच दशैंले ठूलो खाडल उत्पन्न गराए जस्तो देखिन्छ तर बास्तविकता यो होइन दशैले त यस्तो बताउँछ की कसैको घरमा केही छैन भने हातमा पानी लिएर मलाई सम्झना गर म खुशी हुन्छु । दशैले नहुनेहरुका घरमा ऋण खोजेर भएपनि मिठो पाक्नै पर्छ भन्ने मान्यता राख्दैन । क्षमता अनुसार मनोरन्जन गर्नु , पर्व मनाउनु नराम्रो पक्ष होइन । सँस्कृति र सभ्यता भनेको मानवका आँखा हुन् , हात खुट्टा हुन जसको अभावमा शरिरले पिडा महशुस गर्छ । तर कसैलाई दुई दिनको मोजमस्तीले वर्षदिन भरी ऋणको भारी बोकाउनु दशैंको उद्देश्य होइन ।
.
हामीले दशैंका तडकभडक जबसम्म मिल्काउन सक्दैनौं, दशैप्रतिको आस्था घट्दै जान्छ, मातृ सत्ताको सन्देशमा कलंक लाग्छ, आमा जातिको पुजा गर्ने गौरवशाली सँस्कृतिमा हाम्रा तडकभडकले हिलो छ्यापेको देख्दा कसको मन किन रुन्न होला र ? गरिब र धनीका बीच दशैले खाडल पारेको होइन, उत्ताउलो चिजको नक्कल गर्ने, सँस्कृतिको उज्यालो घाम छेक्न खोज्ने, हाम्रो मेलमिलाप देख्न नसक्ने आरिसे र डाडे प्रवृत्तीका छाडा र उत्ताउला चलनहरु र राम्रो भन्दै हाम्रो दशैं भित्र भित्रयाएका विकृतिहरु जसले दशैको उज्यालो पक्ष छेक्न चहान्छन् । त्यस्ताबाट हाम्रो दशै जोगाउनु पर्छ, हिन्दुहरुको मात्र दशै होइन, यो ज्ञानको सिन्दु हो, जसले पनि धित मारेर पिउन सक्छ । यो प्रकृतिको सुन्दर पाठशाला हो, सहजरुपमा जसले पनि पढ्न सक्छ ।
.
यहाँ कसैलाई हेला गर्ने भावना छैन, दशै पर्वमा फलेका अम्बा जसले पनि खाना सक्छन् तसर्थ “आयो दशै ढोल बजाई गयो दशै ऋण बोकाई” भन्ने प्रथाको अन्त्य गर्दै नहुनेका बिचको खाडल पुर्दै सबैलाई हार्दिकता दिएर मायाको रस छाड्दै वर्ष दिनका बैमनुष्यता बिर्सदै मिठो यर्थाथ र सत्यमा रुपान्तरण हुँदै सानातिना कारणले झगडा भएका झगेडाहरुका बिचमा दशैको टिकाले राख्ने मेलमिलाप दशैको बिम्ब हो, सँस्कृतिको धरोहर हो तसर्थ हुने नहुनेका बिच दुरी अन्त्य गर्दै दशै ढोल बजाएर बिदा हुनु पर्छ फेरी–फेरी ढोल बजाउँदै आउनु पर्छ ।
.
दशै अभिजात्य वर्गको होईन खास गरी मानव मुक्तिको गाथासंग जोडिएकाले श्रमजिवीहरूको पक्षमा यसले वकालत गरेको छ । संस्कृतिको महत्व त्यस अर्थमा हुन्छ, जब मानव जातीले सहज रूपमा त्यसलाई स्वीकार गरोस् । दशै प्रतिका भड्कावहरू नेपाली समाजबाट आएका होइनन् । संर्घषशील भावनालाई पलायन गर्ने उद्देश्यले सबै खाले अवसरवादीहरूले दशैलाई भड्किलो वनाएका छन् । हिजोको दिनमा यस्तो परम्परा थिएन । आज आएर दशै प्रतिको भावनामा चोट पुगेको छ भन्ने कुरामा शंका रहन्न । मेलमिलापको परम्परालाई विटुलो पारेर टाढा टाढाका मानीसहरूलाई भेटघाट गर्ने अवसरबाट दुर राखेर भड्किलो संस्कृतिले के गर्न खोजेको हो ? यो प्रश्न सबैका सामु गम्भीर रूपले खडा भएको छ ।
.
देश विदेशबाट सबैलाई आकर्षित गर्ने वर्ष दिनका पिडा बिर्सर्ने आफू भन्दा ठूलालाई आदर गर्ने जस्तो उत्तम पर्व प्रति नकरात्मक बारूद पड्काएर अवसरवादीले राष्ट्रियता माथि नै चुनौती दिएको ठहर छ । सबैले दशै मानौ, मेलमिलापको भावना कायम राखौं । हाम्रो जीवनशैली अनुरूपको दशै मानौ, तामझाम गरेर दशै मान्नु पर्छ भन्ने मान्यताको अन्त्य गरौं । यसरी दशै पर्वले हिजै देखि दिएका सन्देशहरू जीवीत राखौं । आउदो पुस्तालाई जस्तो थियो त्यस्तै हस्तान्तरण गरौ भन्ने मान्यता राख्दा उचित होला !धौलागिरी अनलाइनबाट

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।