Main Menu
  |   Tuesday, April 24, 2018
मिस सी स्टारमा भैरहवाकी अन्जली
मिस सी स्टारमा भैरहवाकी अन्जली

भैरहवा । मिस सी स्टारको प्रतियोगीको रुपमा भैरहवाकी अन्जली शाह ठकुरी छनौट भएकी छन् । स्कुल एजुकेशन एक्जाम (सी) दिएकाहरु सहभागी उक्त प्रतियोगीतामा सहभागीहरुलाइ आयोजकले अहिले विभिन्न प्रशिक्षण दिइरहेको जनाएकोछ ।१५ जना प्रतियोगि मध्ये भैरहवाकी ठकुरीको प्रदर्शन पनि उत्कृष्ट देखिएको छ । बुद्धज्योती स्कुल भैरहवाबाट एसएलसी सरहको सी परिक्षा दिएकी ठकुरी सिनपा १२ आवारोड चौंककी हुन् । सानै उमेरदेखी मोडलिंग र कला प्रदर्शनीमा रुची राख्ने ठकुरी यसअघिका विभिन्न प्रतियोगितामा पनि प्रतियोगी भएकी थिईन् ।

आगमी जेठ २५ गते फाइनल प्रतियोगिता हुने उक्त मिस सी स्टारका प्रतियोगिहरुले आफुहरुलाई भोट दिन आग्रह समेत गरेका छन् । प्रतियोगीताको १४ नम्बर प्रतियोगी रहेकी ठकुरीले आफुलाई फेसबुकमा लाइक गर्न र मोबाइल नम्बरबाट कन्टेसटेन्ट नम्बर १४ टाइपगरी ३४२४३ मा पठाउन पनि अनुरोध समेत गरेकी छन् । प्रतियोगीतामा सहभागी प्रतियोगीहरुमध्ये धेरै मत पाउने र निर्णायकबाट गरी विजेता छनौट गरिने प्रावधान राखिएको आयोजकले जनाएका छन् ।

यता ठकुरीको बुबा विजयविक्रम र आमा विष्णु –चिना) शाहले पनि भैरहवा रुपन्देही क्षेत्रकी एक मात्र प्रतियोगी अन्जलीलाई मतदान गरी भैरहवाकी चेलीको सम्मान गरिदिन आग्रह गरेकी छन् । भवानी इन्टरटेनमेन्टको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको टयालेन्ट शो आगमी शनिबार काठमाण्डौंमा हुन गइरहेको उक्त कम्पनिका निर्देशक सोनीत ढुंगेलले जानकारी दिए । कुल ३५ जना मध्ये १५ जनालाई छनौटगरी बैशाख १९ गतेदेखी प्रतियोगीहरुलाई विभिन्न तालिम दिइरहेको आयोजकले जनाएका छन् । प्रतियोगिताको फाइनल भने जेठ २५ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ । प्रतियोगिताका विजेतालाई प्लस टु लेभलको पुर्ण छात्रावृति, ल्यापटप र अन्य पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

गत वर्ष सम्म विद्यमान स्कुल लिभिंग सर्टिफीकेट (एसएलसी) यो वर्षदेखी परिवर्तन भई स्कुल एजुकेशन एक्जाम (सी) भएको हो । प्रतियोगिता आयोजक भवानी इन्टरटेनमेन्टले यसअघि मिस एभरेष्ट नेपाल सम्पन्न गरिसकेको छ । गतवर्ष भएको उक्त प्रतियोगितामा आकांक्षा भट्टराईले मिस एभरेष्टको ताज पहिरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।