Main Menu
  |   Saturday, November 18, 2017
जीवनमा दुखाईले आमालाई सम्झाऊँछ अनि रुवाउँछ
जीवनमा दुखाईले आमालाई सम्झाऊँछ अनि रुवाउँछ

थाहा छ तपाई हामी सबैलाई आमा धर्ति हुन ,यस धर्तिमा कुल सात अरबको हाराहारीमा मानिसको बसोबास छ ,अरु प्राणी त अनगिन्ति कति हो कति,यो सबको भार यीनै धर्ति माताले बोकिरहेक़ी छिन।हो यसैबाट हामी यो बूझ्न सक्छौ कि जन्म दिने आमा९माता०ले हाम्रो लागी कति दुःख कस्ट अनि भार बोक्नू भयको छ भनेर१ हो म यहाँ मैले देखेको,सुनेको अनि भोग्दै गरेको र मेरो कारणले मेरी आमाले पाउनू भएको दुःख अनि कस्टको केहि भाग कोरदै छू१ मन परेन भने लेखकको बुझाईं हो मेरो भोगाइ होइन भनि भुझ्नू होला ।

आमा शब्द प्रिय होइन सर्बप्रिय नै हो१ जूनदिन सन्तानलाई जन्म दिइन नौ नौ महिना कोखमा राख़ेर त्यस दिनदेखि आफ़नो सर्वस्व लुटाईन१ तर पनि लाग्छ उनलाई मेरो जिबनको सबैभन्दा ख़ुशीको पल यही हो।यही ख़ुशीकोलाग़ि भनेर हाम्रो जीवन भरियर बचेको हुन्छ र फेरी आफ़ै भन्छिन यो दुर्लभ संसारमा म जस्तो भाग्यमानी सायद अब कोहि पनि छैन ।किनकी म आमा भए, सुन्नुस है सबै जना म आमा भए म नी, रु रुअब त मेरो कोख हुदई काख पनि भरियो कसैको आगमनले१ भन्दै पुकार गर्छिन भगवान अरु मलाई केहि चाहिदैन भगवान यही सन्तानको ख़ुशी दिए त्यतिमै म तपाइप्रति धन्य हनेछु यही सन्तान हेरिहेरि मेरो पूरै जीवन कटाउनेछु तर फेरी यो ख़ुशी कैलै पनि खोस्ने चेष्टा नगर्नू किनकी म तपाईलाई पनि माफ़ दिने छैन ।यस्तै यस्तै मनमनमा गुनगुनगर्दै ख़ुशीको आँसूसंगै रमाऊछिन यि हुन आमा मेरी आमा ।

धर्ति माता हुन तिनै माता हामी उनका सन्तान ,तपाई हामी सन्तानले जति लात बजारदा पनि अईया नभनी थामिरहेकी छिन हो त्यस्तै हामी सन्तानको यस धर्तिमा जन्म गराएर यो संसार दिने ति मेरी,तपाईकि आमा १ अनि हुनूहुन्छ नी हामी सबैकी आमा तपाई हामी कतिले जन्मदिने ममतामयी आमाको भावना बूझछौ,कतिले बूझदैनौ,कतिले बुझ्दा बुझ्दई पनि नबूझेजस्तो गर्छौ हो यहाँ बूझ्नेप्रति मेरो कुनै गुनासो होईन र कुनै आपत्ति पनि होईन१ मात्र यहाँ म भन्दैछू लेख्दैछू र चित्त दुखाऊँदैछू आमाको माया र आमाको कोख अनि काखलाइ नबूझ्नेहरूसंग हो।

हुन त यस संसारमा मानिसजति स्वार्थी अनि धूर्त कोहि पनि छैन यसक़ो प्रमाणित मानिस आफ़ै जंगली व्यवहारले देखाईरहेका छन यहाँ मानिस जे मन लाग्यो त्यही गर्छ, जे देख्यो त्यही गर्छ ।आजको युगमा मानिसले अरूक़ो दुख दर्द पीड़ा आँसूको मूल्यनै बूझ्ने प्रयास ग़र्दैन त्यसैले मानिसको कोमलता भावना खोईं कुन राछ्यसि प्राणीसंग मिल्न गयो अब खोज़्न पनि ढीला होला भन्ने डर लागिसक्यो।म त यो सोच्न थाली सकेक़ी मानिसको कोमलता,भाबना कहि टाढा पुग्न लागी सक्यो यसलाइ सम्हाल्ने र सम्झाउने चेस्टा यो टवान्टी फस्ट सेंचुरीमा कसैले ग़र्दैनकीं भन्ने डर अनि यही डर साचो हुँन्छ कीरु यहाँ सब आफ़नै सूरमा दौडिरहेका छन र खोजिरहेका छन पैसा पैसाअनि सम्पतिको ओछ्यूनाको ख़ुशी तर भनिन्छनी पैसाले राम्रो बिस्तरा किनिन्छ ,मिठो निन्द्रा होईन ।

यहाँ म एक आमा भएर भन्दैछू यो संसार अन्धकारतिर मोडिदै यहाँ मानिस भनाउदा जन्तुहरूमा रतन्दो मडारीदै छ ।अनि संसार कालों धब्बा मात्र अब बल्ल सोच्छ मानिस पानी पर्दा ओत दिने पहरा कहा फूट्यो,बिन्द्रा लाग्दा सूत्ने सिरानी बन्ने काख कस्ले खोस्यो,भोंक लाग्दा खुवाउने ति हात खोईं इत्यादि कुराले पिरोलिन्छ भक्कानिन्छ अनि मुर्छा परि परि रूँन्छ अनि चिच्याउछ भन्छ आमाऽऽऽ मेरी आमा

अब त रुन्छ मन चिच्याउछ,पछुताउछ र भन्छ ऐया आमा दुख्यो,आमा यहाँ पोल्यो यता उता हेर्छ झस्किंन्छ मन अमिलो बनाउदै ममतामयी करुणाकि परिमूर्ति मेरी जन्मदिने आमा के गरे यस्तो तिम्लाई म पापी हूँ भन्दै आफ़नै टाउको बजारनु पर्ने अवस्था आउछ। यही हो हामी जन्म दिने आमालाइ नबुझनूको परिणाम १ आमा को हुन म यहाँ फर्केर सोच्दै छू १ हेर न यी बूढ़ा घूरीघूरी सूत्न सकेको होला१ बिहान हुन लागिसक्यो प्राण प्यारों बच्चा सूत्न सकेकै छैन यही बुढ़ा घूरेर हो । ए बुढ़ा उठनुस त,नघूरनुस है मैले भन्दयाछुरु सानुलाइ निन्द्रा आऊदैन रातभर काखमै छ । हा।।बाबु हा।।गर्दा नी सूत्न सकेको छैन १ फेरी केहि गरी भोली मेरो सन्तानलाई बिसन्चो भई हाल्यो भने हजुरलाइ छोड़दिन क्यारेआमाको सन्तान प्रतिको अनगीन्ति माया ।

बिचरा आमा त्यही सन्तानको मायामा खुशीले नसूतेको कति भयों पत्तै छैन, अझपनी सन्तानको खूसीको लाग़ि प्रबाह छैन। एकबिहानै कसो कसो सन्तानलाई आफ़नो द्रिस्टि पर्ने ठाऊमा सुताएर ढुका उघारी आगों बाली गाईं बस्तुको लागी कूड़ों पकाऊदै घूर कसेर गर्छिन संगै गोबर सोत्तर गरेर भ्याउदा नभ्याउदै बच्चा उठेर ऊहाआ ऊहाआ गरेको के सुन्छिन मेरो बाबा मेरो मूटू भन्दै सुस्तरी काखमा लियर दूध चुसाएर आफनो पिठिउमा पछ्यौरीले बोकेर काम सुरु गर्छिन। यता उता ख्याल गर्छिन बूढा उठेका रहेनछन भनि उठाउदै भन्छिन सुन्नुस त १ सानुलाइ बोकेर भैसी दुहून गार्हो भयो एकपटक उठेर भैसी दोएर सुत्नू है नबोलि उठेर भैसी दुहेका बुढाले त्यतीकैमा खुसी हुदै त्यती चाही गरछन मेरा श्रीमानले भन्दै आफै गुनगुन गर्दै कामतिर लाग्छिन ।

श्रीमान भने श्रीमान नै भए फेरी गएर सुते तर ऊनी त आमा भईन के को निन्द्रा लाग्थ्यो र सुत्थिन ऊनी तर नबोल्ने भएपनी बच्चासंग गुनगुन गर्दै चिया बनाईन श्रीमानलाइ बिस्तरामै लग्दिइन र भन्छिन उठ्नुस न अब त खाना बनिसक्यो घाम डाडॉमा आइपुगे। अलिकती भैसीलाई घास पात गर्नू पर्ला १ अब हजुरलाइ अल्छीनै लागे म जाउला खाना खान त उठ्नुस भन्दै आफ्नो दैनिकितिर लाग्छिन । हेर्नुस श्रीमती ,आमा क़स्ती हुनछिन १
अझैपनि बुढ़ाकै माया चिच्याएर भन्छिन ल हजुर खाना खानुस म घास काटेर आउछु घाँस लीनचाही आऊनु ल सानूसंग घाँस ल्याऊँन मिल्दैन के है भन्दै बारीतिर लाग्छिन काटी सके पछि श्रीमानलीन गए रश्रीमानले घाँस लिएर पनि आए अनि त्यती घाँस ल्याएर भुइमा राख्दै सुस्क़ेरा हाल्दै कति गारो हो भन्छन ।

अब हेरनूस आमा र बाबामा को कस्तो हो ।यस्तै गर्दै म त हिडे गाऊँतिर भन्दै ग़ाऊमा गफ हाक्न हिडे यता आमालाइ भने कभअयलम फुर्सत छैन फेरी त्यसमाथी आफुभन्दा प्यारो बच्चाको स्याहार सूसार ।यस्तिलाइ भनिन्छ जन्म दाता माता अर्थात आमा । फेरी यहाँ हेर्नूस जब साँझ पर्छ ऊनै आमालाई तनाव बाबा डुल्न जान्छन उनलाई वास्ता छैन तर आमा अब पीरलिन्छिन के बनाऊँ जे पायो त्यही पतिलाई मन पर्देन आफ़नो त परै जाओस पकाएर खुवाएर रहयो भने खाने हो होईन भने ख़ाली पेट त्यसमा श्रीमानलेतलाई के छ कसो छ भनि बुझदैनन पनि सोधदैनन पनि सोधिहाले भने आज खान मन छैन भन्छिन तर त्यती भनीन पुग्यो दोस्रो पटक सोधदैनन तर त्यही अबस्था श्रीमतीलाई परे ऊनी त्यसै बाच्दिनन जहाँ जसरी भए पनि खेत बारी ऊहार गुहार जसरी पनि मिठो मसीनो खवाऊछिन यि यस्ति हुन ममताकि खानी ममतामयी आमा१ १ १ १ ।।

घाँस दाउरा,गोबर सोत्तर,खानपान,लत्ता कपडा ऊहि आमालाइ नै मतलब हुने किनरु भन्दा यस धर्तिमा घरको पिरलो सबै ऊनै आमालाइ छ १ अरु त ऊनै मेरी आमालाई ऊनी छिन भनेर गाउभरी कुरा गर्दैमा ठीक्क हून्छ।मेरी आमाले कति दुःख गर्नु परेको छ सोच्दैनन र बूझ्दैनन पनि।श्रीमानहरूले श्रीमती भनेको हाम्रो अधीनमा चल्ने लगाम हो भन्नि सोच्दा हुन१ अर्कोंतर्फ आमा भनि सम्मान गर्ने सासुहरूले म पनि छोरीमान्छे हूँ मैले आफूले भोगेको जस्तो ब्याबहार गर्नु हुन्न १अब हामी पनि सबैकुराको अपहेलना सहनु हूदैन । छोरी समानका बुहारीहरूलाइ हामीले हौसला दिनु पर्छ र अब नारी पनि माथि उठ्नुपर्छ भन्ने सोच्दैनन र मेरी आमालाई पनि आफुजस्तै बनाऊँन खोज्छिन त्यसैगरी मेरी आमा पनि आफ्नो पति आफ्नि सासुआमा र सबभन्दा बढि आफ्ना सन्तानको लागी भित्र पिडाको राको बाली बाली पनि बाहिर मुस्कान छरेर दिन गुजारिरहेकि हून्छिन हो यिनै हुन फराकिलो चौडा छाती भएकि मेरी आमा प्राण भन्दा प्यारी मेरी आमा ।

यि आमा सन्तानको खातिर यो संसारको जून कुनै सजीव निर्जिब बस्तुसंग पनि भिड्न तयार हून्छिन १ जब यति गर्दा नी आफ्नो सन्तानमा केहि सानो पनि खराच लाग्यो कि कसैलाइ बाकि छोड़दिनन यहाँसम्म कि सानो समस्या पर्दा नी छन या छैनन त्यो कसैलाइ थाहा छैन तर पनि छन भन्ने आशामा सबैले सम्झिने ति भगवानलाईसम्म पनि छोड़दिनन हो यीनै हुन मेरो धर्तिमा पहिलो पाइला टेकाउने जन्मदाता माता मेरी आमा।

मेलापातमा जादा समेत आफ्नो पिठीऊमा बोकेर जाने र मेलो शुरू भए पछि आफ्नै छत्रछाया पर्ने गरी छाहारी दिने ऊनै आमा सानो कारण पनि बच्चा रूनु पर्छ काम अनि मेलापातको प्रबाह नगरी चार हातखट्टाले टेकेर छाया र माया बनेर पुग्छिन अनि सब भुलेर दूध चुसाऊछिन र भन्छिन साथीहरू मेरो कारणले ढीला भयको काम म मेलाको समय पछि भए पनि गरेर सक्दिन्छु भन्दै मुस्कान दिने हो तिनै सानोमा हाम्रोलागी पिडा भुल्दिने र खुशी दिने आमा हुन मेरी आमा ।

कतिसम्म अन्जान हुन्छिन भने आफ्नो बच्चा गाऊँघरमा साथी भाई दीदीबहिनी सानाठुला कही कतै कोहिसंग खेल्न रमाऊँन जादा कसैको सानो कारणले पनि चोटपटक या केहि गरी आँखामा आँसु देखिन भने पनि जोसंग पनि धूरा उठेर आफ्नो सन्तानको लागी झगड़ा गरेर एक्ली भईन्छ भने पनि आफ्नो सन्तानको लागी बड्बडाउदै र रूदै सन्तानलाई सम्झाई बुझाई गर्छिन हो हामी छोरा छोरीको लागी निडर भएर समाजसंग पनि पछि नहटने आटिलि आमा हुन मेरी आमा ।

आफु जती पिडामा भए पनि आफ्नो सन्तानको शरीरमा बडि तातो हुन हुन्न उनको लागी ज्वरों आयो की भन्ने हुन्छ,त्यस्को विपरीत चिसो हुन पनि हुन्न निमोनिया हुन लाग्यो कि भनि डराउछिन१हल्का नाकबाट पानी पनि बग्नु हुन्न कही मेरो सन्तान बीमार हुने लक्षण त होईन भनि डाक्टर खोज्दै बोकेर दौडाऊछिन र भन्छिन मेरो प्राण नै यही हो छिटो हेर्दिनु न सर भन्दै असिनपसिन हुन्छिन हो यिनै सन्तानको निम्ति आफ्नै शरीरको प्रबाह नगर्ने आमा हनुहुन्छ मेरी आमा ।

तपाई हामी सन्तानको खुसीकोनिम्ति जो कोहिसंग झगडा गरिरेर एक्ली भैनन कि,जती गल्ती सन्तानले गरे पनि ढाकछोप गरेर सबै दोष आफ़ैले लिइनन कि,आफ्ना सन्तानको अगाडी जतीसुकै पिडा पीर मर्का परे पनि बाहिरी मुहारमा खुशीको हासो हांसी सन्तानलाई हसाईनन कि१ आफु खाली पेट बसेर सन्तानको लागी माग्ने हुन अघि सरिनन कि १ आफ्ना हर खुशी दबाएर सन्तानको हासो र खुशीको भगवानसंग पनि भीखमाग्ने हाम्रो लागी कोहि भगवान छ भने यि हुन केबल आमा जन्म दिने आमा।

यि सबै कुरा गरे नी मैले यो त एक चिम्टी पनि होईन,जन्मदिने माता भन्नूस अर्थात् आमाको बारेमा हामी अनन्तकालसम्म रहूंजेल चर्चा गरे पनि पुग्दैन यसैले कही कही कुनै आमाहरू बच्चाको वास्ता नगरी आफु पनि प्राण त्याग गर्ने सन्तानलाई पनि संगै लैजाने र बिभिन्न दुःख कस्ट सन्तान एकातिर भोग्ने अर्कोतिर आमाले भोगीरहेको पनि समाचारहरू सुनिन्छ अनि पढिन्छ ।

यो भनेको कता हो कता एकदुई विभिन्न समस्याले गर्दा कतै आर्थिक समस्या त कतै पारिवारिक समस्या यि आदि कुराले गर्दा हुने गर्छन तर पनि ति आमाहरू पनि बच्चाकै पिरलोले तड़पी तड़पी बचेका हुन्छन कहीलै चैन हुन्न ति आमाहरूलाइ पनि किनभने नौ नौ महीना कोखमा राखेर जन्मदिएका हुन्छन ।

त्यसैले हामी सन्तान भएर एउटी जन्मदिने आमाको पीर मर्का हासो र खुसी बुझ्न सक्दैनौ भने यो भूमिमा जन्मेर जतीसुकै ऐश आराम धनदौलत कमाऊ सब फिक्का हुन्छ र मोलतौल गर्न लायक हूदैन अनि जब बैश यौबन र हर तरहको रबाईमा आमालाई बिर्सेर जीवनको उत्तरार्धमा गएर आँसु नै आँसु र पछुतै पछुतोमा जीवन काट्ने गल्ती नगरौ किनकी एकदिन सबै बूढो हुने हो र मर्नु सबैलाईं पर्छ,त्यसैले जिबनमा रंगरोगन छदै आफुलाइ सही गलत पहिचान्न सकौ यही जीवनकालको उपलब्धि हुनेछ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।