Main Menu
  |   Wednesday, February 21, 2018
रत्नपार्कमा जापानी रेल हेर्नुस भिडियो
रत्नपार्कमा जापानी रेल हेर्नुस  भिडियो

पर्वत । हरितालिका तिज नजिकिदै गर्दा पछिल्लो समय सर्जक, गायक गायिका, मोडल र सम्पूर्ण नेपाली कलाकार हरुलाइ भ्याइ न भ्याइ छ । विशेष गरि नाचेर गायर रमाइलो गरि मनाइने तिज एउटा सांगीतिक पर्व भएको कारणले पनि प्राय महिला कलाकारहरुले आफ्नो मनोभावनालाई एल्बमको रूपमा रेकर्ड गरि नाचगान र रमाइलोलाई भिडियो बनाउने चलन त धेरै बर्ष पहिले देखिनै थियोे भने केही बर्ष यता पुरुष कलाकारको पनि तिज पर्व र तिजी गीतसंगीतमा उत्तिकै सहभागिता देखिन्छ ।

त्यस्तै तिजकै अवसरमा आफ्नो सांगीतिक यात्राको थालनी गर्ने नयाँ प्रतिभाहरु पनि उत्तिकै छ्न् । यस बर्षको हरितालिका तिज लागि लक्षित गर्दै नव सर्जक दिनेश सापकोटाले पनि आफ्नो नयाँ कोशेली (पहिलो प्रस्तुति) “जापानी रेल” नामक तिज गीत भर्खरै मात्रै सार्बजनिक गरेका छ्न ।

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व बनाउन सफल सर्जक तथा गायक प्रेम सापकोटा सोनु र देबि घर्तीले आवाज भरेको यस गीतमा दिनेश सापकोटाले शव्द सिर्जना गरेका हुन भने प्रेम सापकोटाले लय भरेका छ्न ।

गुरुआमा फिल्मसको ब्यानरमा जापानी रेलको म्युजिक भिडियो स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन ,सुजन शाहीको सम्पादन र सुरेश श्रेष्ठको छायांकनमा तयार गरियको हो ।

हमाल म्युजिक प्रा. लि. ले बजार ब्यबस्थापन गरेको जापानी रेलको म्युजिक भिडियो जापानका केही ठाउँ र नेपालमा खिचिएको छ भने विकशित देश जापानमा आफ्नो मायालु संग घुम्ने रमाउने कुरा गीत र म्युजिक भिडियोमा देखाउन खोजिएको छ । गीतमा स्मृति तिमिल्सिना र सन्जिब ठकुरीको दमदार अभिनय देख्न पाइछ ।
हेर्नुस भिडियो

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।