Main Menu
  |   Friday, November 24, 2017
रुपन्देहीको सिद्धार्थनगरमा उदाए अधिकारी र काफ्ले
रुपन्देहीको सिद्धार्थनगरमा उदाए अधिकारी र काफ्ले

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेले सिद्धार्थनगर नगरपालिकाको मेयर र उपमेयरसहित ६ वटा वडाहरुमा विजयी हासिल गरेको हो ।

सिद्धार्थनगरको मेयरमा एमालेका हरीप्रसाद अधिकारी विजयी भएका छन् । उनले ६ हजार ७०५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मातृकाप्रसाद यादवले ५ हजार २५० मत प्राप्त गरे ।

उपमेयरमा एमालेकी उमा काफ्ले निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी माधवी शर्मा वाग्लेले ५ हजार २२४ मत प्राप्त गरिन् ।
यसैगरी राप्रपाको मेयरका उम्मेदवार सागरप्रताप राणाले ४ हजार ६३७ र उपमेयर उम्मेदवार रमिता थापामगर केसीले ३ हजार ५१७ मत प्राप्त गरेका छन् ।माओवादीका फैज अहमद खाँले ३ हजार ४०७ र उपमेयरमा कमला थापाले ३ हजार १२९ मत पाउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मेयर र उपमेयर सहित नगरका वडा नम्बर २, ३, ५, ९, ११ र १३ मा एमाले विजयी भएको छ । त्यस्तै कांग्रेस वडा नम्बर १, ६, ७, ८, १०, १२ मा विजयी भएको छ भने वडा नम्बर ४ संघीय समाजवादी फोरम नेपालले जितेको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।