Main Menu
  |   Sunday, September 24, 2017
तीनाउँखोलामा आएको बाढीले जीप बगायो

पाल्पा । पाल्पामा तीनाउँखोलामा आएको बाढीले जीप बगाउदा ४ जना बेपत्ता भएका छन् । पाल्पाको माथागढी –३ सराई स्थित तीनाउखोलाले लु १ ज १२१७ नम्बरको जीपलाई बगाउदा ४ जना बेपत्ता भएका हुन् ।

लगातार बषार्कका कारण तीनाउँखोलामा आएको बाढीले राति १२ तिर सराईमा जीप बगाउँदा तानसेन– १ की २९ बर्षी उसा श्रेष्ठ, माथागढी १ का अन्दाजी ४० वर्षीय तिलवीर गाहा, उनकी श्रीमती माया गाहा र अर्का एक ब्यक्ति बेपत्ता भएको पाल्पा स्थित प्रहरी चौकी प्रभासले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा बेपत्ता हुनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अत्याधिक वर्षाको कारणले पानीको सतह बढेको हुनाले खोजी कार्यमा समस्या परेको प्रहरीले जनाएको छ ।
Palpa

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।