Main Menu
  |   Thursday, July 27, 2017
दीप इन्ट्रयाक्ट क्लवको पदस्थापन
दीप इन्ट्रयाक्ट क्लवको पदस्थापन

बुटवल । बुटवल–८ स्थित दीप बोर्डिङमा गठित दीप इन्ट्रयाक्ट क्लवको पदस्थापन कार्यक्रम आज सोमबार भएको छ । क्लवका वर्ष २०१६÷१७ का अध्यक्ष प्रविण पाण्डेले वर्ष २०१६÷१७ का अध्यक्ष संगम खड्कालाई क्लवको पिन प्रदान गरी पद हस्तान्तरण गर्नुभयो ।

क्लवका संयोजक दिनेश खड्काको सञ्चालनमा भएको कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भूटानका गर्भनर संजय गिरीले रोटरीले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै विद्यार्थीहरुलाई सानैदेखि समाजप्रति उत्तरदायी बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा डिष्ट्रिक ३२९२ का पूर्व अध्यक्ष योगेन्द्रमान प्रधान, डिष्ट्रिका सर्भिस प्रोजेक्ट चेयरपर्सन तथा प्रशिक्षक राजीव पोखरेल, रोटरी क्लव अफ बुटवलका अध्यक्ष राजेन्द्र लम्साल, विद्यालयका अध्यक्ष राजेन्द्र ध्वजु, प्राचार्य टिकाराम न्यौपाने लगायतले शुभकामना दिँदै नेतृत्व र व्यक्तित्व विकासमा रोटरी क्लव र इन्ट्रयाक्ट क्लवले खेलेको भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो ।

यसअघि संगम खड्काको अध्यक्षतामा गठित क्लवमा निर्वाचित अध्यक्ष स्नेहा भण्डारी, अध्यक्ष मनोनितमा प्रशिद्ध खनाल, उपाध्यक्षमा युनिषा भण्डारी, सचिवमा हिमाल पाण्डे, कोषाध्यक्षमा गृष्मा पोख्रेल, सहसचिवमा सिद्धार्थ झा लगायत ३० जना सदस्य रहेकोे विद्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।