Main Menu
  |   Wednesday, February 21, 2018
एम्समा व्यवस्थापन संकायको महत्व विषयमा अभिमुखिकरण
एम्समा व्यवस्थापन संकायको महत्व विषयमा अभिमुखिकरण

बुटवल । एम्स मावि बुटवलको आयोजनामा व्यवस्थापन संकायको महत्व उपयोगिता अवसर र चुनौतिको विषयमा अभिमुखिकरण कार्यक्रम गरेको छ । संस्थाले नवआगन्तुक विद्यार्थीहरुको सहभागीतामा उक्त कार्यक्रम गरेको हो ।

एम्स एकजुकेशन फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत गोपाल प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कैलाश विकास बैंक बुटवल शाखाका अध्यक्ष ज्ञानेन्द्र गिरी ले विद्यार्थीहरुको लागि व्यवस्थापन विषय अहिलेको सन्र्दभमा समय सापेक्षा र रोजगारमुलक भएको बताएका थिए । उनले बैंक तथा अन्य वित्तिय संस्थाहरु स्थापना हुने लहर चलेको र स्थानिय निकय संघीय संरचनामा देश गएको कारण यसको महत्व अझै बढेको बताएका थिए ।
कार्यक्रममा एम्स मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो भने एम्स कलेज बुटवलका प्रमुख दिपक ढाकालको विशिष्ठ आतिथ्यता रहेको थियो ।

कलेजका उच्च मावि संयोजक विनोद शाक्यको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रध्यापकहरु कार्यक्रममा विषयगत रुपमाः प्रध्यापकहरु दुर्गा भुषाल, सुरेन्द्र राज ज्ञवाली, शिवराज पंगेनी, विष्णु प्रसाद पाण्डे, बुद्धि कुँवरले, गोविन्द गाहा, आ आफ्नो विषयगत प्रस्तुतीकरण समेत गरेका थिए ।
सञ्चालक समिमित सदस्य तथा प्राध्यापक गोविन्द शर्मा बस्याल को सञ्चालमन भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतीक कार्यक्रम समेत प्रस्तुती गरेका थिए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।