Main Menu
  |   Tuesday, September 19, 2017
सवारी दुर्घटनामा परि एक जनाको मृत्यु
सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

नवलपरासी । नवलपरासीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । ९ जना घाईते भएका छन ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार विनयी त्रिवेणी गाउपालिका २ मा आईतवारराती मोटरसाईकल आफै अनियन्त्रीत भई पल्टिदा शशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको हो ।

पश्चिमबाट पुर्व आउदै गरेको लु ६ प १९२७ नम्बरको मोटसाईकल आफै अनियन्त्रित भई पल्टीदा युक्ती तालिम महा विद्यालय बर्दघाटमा कार्यरत शशस्त्र प्रहरी वरिष्ठ हवल्दार मधयविन्दु नगरपाकिला ४ निवासी ३५ वर्षका टिका चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि गम्भिर घाईते भएको उनको उपचारका लागि बाटोमा ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै नवलपरासीको सरावल गाउपालिका १ मा सोमवार विहान ५ बजे भएको सवारी दुर्घटनामा परि ९ जना घाईते भएका छन ।
ईलाका प्रहरी कार्यालय बर्दघाटले दिएको जानकारी अनुसार सुर्खेतबाट काठमाण्डौका लागि छुटेको ना ६ ख १४८७ नम्बरको बसले सुर्य पेट्रोलपम्मबाट डिजेल राखेर बाटोमा निस्कदै गर्दा भारतीय आर ,जे ०५ जी ए , ५०११ नम्बरको भारतीय ट्रकलाई ठक्कर दिदा दुर्घटना भएको हो ।
घाईतेमध्ये ५ जनाको अवस्था केहि चिन्ताजनक रहेको र अन्य सामान्य रहेको प्रहरीले जनाएको छ । सामान्य घाईते भएका दाउन्नेदेवी पोलिक्लीनिक बर्दघाटमा उपचार पछि फर्किएको प्रहरीले जनाएको छ ।

चटयाङ्गबाट ६ जना घाइते
नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकाको वडा न.३ साविक कुडिया गा.बि.स वडा न.४ मर्चहवामा चटयाङ्ग पर्दा ६ जना घाईते भएका छन ।

घाईते हुनुहरुमा सुस्ता गाउँपालिका वडा न.३ साविक कुडिया गा.बि.स मर्चहवाका बर्ष २८ का ओमप्रकाश दुषाध,सुस्ता गाउँपालिका वडा न.३ साविक कुडिया गा.बि.स वडा न.४ मर्चहवाका दिपक शर्मा,सुस्ता गाउँपालिका वडा न.३ साविक कुडिया ४ मर्चहवाका अलिराजा शर्मा सोही स्थानमा बस्ने बर्ष २८ की चन्द्रकला देबी कोईरी र बर्ष ५५ का भगन दुषाध रहेका छन ।

भगन दुषाधको बिधुतीय मिटर, पंखा र बोड पुर्ण रुपले क्षति भएको छ । घाईतेहरुको उपचार सहिद स्मृती अस्पताल चौपतामा उपचार भैरहेको घाईतेका परिवारजनले बताएका छन ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।