Main Menu
  |   Tuesday, April 24, 2018
मतगणनामा एक जनामात्र प्रतिनिधि
मतगणनामा एक जनामात्र प्रतिनिधि

काठमाडौँ । निर्वाचनको मतगणना भइरहेको स्थानमा अब निर्वाचनको काममा खटिएका कर्मचारीबाहेक राजनीतिक दलका तर्फबाट उम्मेदवारको एक मात्र प्रतिनिधिले प्रवेश पाउने भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा उम्मेदवार वा निजले तोकेको एक जना प्रतिनिधि मात्र मतगणना स्थानमा जान पाउने व्यवस्था प्रस्ताव गरेपछि यो अवस्था आएको हो । यसअघि निर्वाचन अधिकृतले अनुमति दिएको अवस्थामा एकभन्दा बढी प्रतिनिधि जान पाउने व्यवस्था थियो । तर, सङ्ख्या तोकिएको थिएन ।

मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधिकै कारण पहिलो चरणको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटना नसकिँदै सरकारले संसद््मा दर्ता गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । विधेयकको व्यवस्था अनुसार मतगणनाका क्रममा उम्मेदवारको एकभन्दा बढी प्रतिनिधि मतगणना स्थानमा बस्न पाउने छैनन् । सरकारका तर्फबाट गृह मन्त्रालयले मङ्गलबार संसद्मा दर्ता गरेको विधेयकमा मतगणना स्थलमा निर्वाचन अधिकृतले स्वीकृति दिने व्यक्तिको सङ्ख्या समेत तोकेको छ । विधेयक अनुसार मतगणना स्थानमा उम्मेदवार वा उम्मेदवारले तोकेको एक जना निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि मात्र जान पाउनेछन् ।

समानुपातिक तर्फको मतगणनामा पनि दलको निर्वाचन प्रतिनिधि वा मत गणना प्रतिनिधि मात्र जान पाउनेछन् । मत गणनाको काममा खटिएका व्यक्ति, आयोगबाट अनुगमनका लागि खटिएका व्यक्ति, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, सुरक्षार्थ खटिएका कर्मचारी र आयोगले खटाएको व्यक्तिमात्र मतगणना स्थानमा जान पाउनेछन् । गोरखापत्रबाट ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।