Main Menu
  |   Friday, November 24, 2017
यामाहा एफजी २५ स्ट्रिटफाइटर अब बुटवलमा
यामाहा एफजी २५ स्ट्रिटफाइटर अब बुटवलमा

बुटवल । नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले एफजी सिरिजमा एफजी २५ स्ट्रिटफाइटर मोटर साइकल बुटवलमा सार्वजनिक गरेको छ । यामाहा एफजी २५ लाई नेपाली राष्ट्रिय क्रिकेटर तथा यामाहा एफजीका ब्रान्ड एम्बेसेडर शरद भेषावकर र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बुटवलका लागि यामाहा डिलर बुटवल बाइकर्स प्रा.लि.का प्रबन्ध निर्देशक तेज भट्टराईको पनि उपस्थिति थियो । अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधी रहेको एफजी२५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । बाइकमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी२५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ ।

एफजी२५ को डिजाइन शक्तिशाली मांशपेसी भएका खेलाडीको झैं ‘रोबस्ट’ बनाइएको छ । नेपाली सडक सुहाउँदो बनाइएको ‘स्ट्रिट फाइटर’ले अधिकतम माइलेज दिने मात्र होइन वातावरणमैत्री पनि छ । एफजी२५का विशेषताले २० देखि ३५ वर्षसम्मका राइडरलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । नयाँ बाइक तीन वटा एक्साइटिङ कलर– ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ । एमएडब्लु इन्टरप्राइजेजले एफजी२५को बजार मूल्य तीन लाख ४४ हजार नौ सय रुपैयाँ तोकेको छ ।

एफजी२५मा जापानी बजारमा सफल स्पोर्टस् बाइकमा प्रयोग हुने २४९ सीसीको विश्वासिलो इन्जिन जडान गरिनुका साथै नेपाली सडक सुहाउँदो ट्युनिङ गरिएको छ । यसमा यामाहाको प्योटेन्टेड ब्लुकोर इन्जिन रहेको छ जसले बाइकको पर्फमेन्सलाई बढाउने मात्र होइन इन्धन खपतलाई न्युन गर्छ र यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको छ ।

८००० आरपीएममा २०.९ पीएसको अधिकतम पावर र ६००० आरपीएममा २० एनएम बराबरको अधिकतम टर्क उत्पन्न गर्ने एफजी२५मा एएचओ (अल टाइम हेडलाइट अन) प्रविधिको लिड हेडलाइट छ जुन २५० सीसीको बाइकमा पहिलो हो । यसमा आकर्षक एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, मडगार्ड र एमटी सिरिजका बाइकमा झैं स्पोक डिजाइन भएका ह्विल र रेसिङ स्टाइलको फुटप्याड छन् जसले यसलाई टप–एन्ड मोडेलको नयाँ दाबेदार बनाइदिएको छ । यो बाइकलाई रेसिङ मात्र होइन दैनिक प्रयोजनलाई मिल्ने गरी डिजाइन गरिएको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।