Main Menu
  |   Sunday, June 24, 2018
दीपका विद्यार्थी नेपाल दोस्रो
दीपका विद्यार्थी नेपाल दोस्रो

बटवल । बुटवल ८ मा रहेको दीप बोर्डिङ्ग हाई स्कुल कक्षा १२ को परिक्षाको नतिजामा नेपाल दोस्रो भएको छ । विहिवार प्रकाशित व्यवस्थापन संकाय नतिजा अनुसार विद्यालय नेपाल दोस्रो भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को व्यवस्थापन तर्फको बोर्ड परीक्षामा दीप बोर्डिङ हाइ स्कुलबाट सम्मिलित विद्यार्थीहरूमध्ये अभिषेक भट्टराईले ८७.२० प्रतिशत नतिजा प्राप्त गरी नेपाल दोस्रो भएका हुन ।

शुक्रवार विद्यालयले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरी विद्यार्थी लाई सम्मान समेत गरेको छ । विद्यालयले उत्कृष्ठ नतिजा ल्याएको खुसीयालीमा शुक्रवार ¥याली निकालेको थियो । बुटवलका विभिन्न स्थानको परिक्रर्मा गरी विद्यालयमा पुगेर शुभकामाना आदान प्रदान कार्यक्रम गरेको विद्यालयका शिक्षक दिनेश खड्का ले जानकारी दिए । सम्मान कार्यक्रममा विद्यालयका प्राचार्य टिकाराम न्यौपाने, विद्यलय सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त चापागाई, सहायक प्रचार्य कलाधार अर्याल, ज्ञानु थापा, सुरेन्द्र कुमार शाक्य, व्यवस्थापन संकाय संयोजक डि.वि रायमझी लगायतले उत्कृष्ठ विद्यार्थीलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए ।

विद्यालयबाट सहभागी ९४ प्रतितश विद्यार्थी उत्र्तीण उत्र्तीण भएका छन् । उत्कृष्ट अंक ल्याएका विद्यार्थी आशिष भट्राईले अग्रेजी विषयमा ८०, लेखामा ९६,फाईनान्समा ९१, गणितमा ८८, अर्थसास्त्रमा ८१ अंक सहित कुल ४३६ (८७.२० प्रतिशत ) अंक ल्याएका हुन ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।