Main Menu
  |   Sunday, May 27, 2018
लेखा समितिको बैठक रुपन्देहीमा
लेखा समितिको बैठक रुपन्देहीमा

बुटवल । नेपालको इतिहासमै सम्भवतः पहिलोपटक व्यवस्थापिका संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक सिंहदरबार बाहिर आज रुपन्देहीको भैरहवामा बस्दै छ । बैठकका लागि सार्वजनिक लेखा समितिका सदस्यहरू सोमवार रुपन्देही आइपुगेको लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले बताए ।

समितिका सभापति उपाध्यायले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना र बुटवल–बेलहिया ६ लेनको व्यापारीक मार्ग आयोजना निर्माणमा भएको ढिलाइबारे सार्वजनिक सुनुवाइ गरिने जानकारी दिए । सुनुवाइमा भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्री र संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री लगायत दुबै मन्त्रालयका अधिकारीहरु, सांसद स्थानिय तहका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागीता रहने सार्वजनिक लेखा समितिले बताएको छ ।

लेखा समितिको टोलीले सोमबार निर्माणाधिन गौतमबद्ध अन्तगरष्ट्रिय विमानस्थलको निरिक्षण गरेको थियो । यसैगरी टोलीले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबाको पहिरोको निरीक्षण गर्नुका साथै लुम्बिनीदेखि तिलौराकोटको स्थलगत अनुगमन गरेको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।