Main Menu
  |   Sunday, May 27, 2018
उम्मेदवारी मनोनयन दर्ताको तयारी पूरा
उम्मेदवारी मनोनयन दर्ताको तयारी पूरा

काठमाडौं । निर्वाचन आयोगले आगामी असोज २ गते हुने प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनका लागि बुधबार हुने उम्मेदवार मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।निर्वाचन आयोगले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेदवार मनोनयन दर्ताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रदेश नम्बर–२ का १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ ओटा स्थानीय तहमा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको तयारी पूरा भएको र निर्भिकताका साथ उम्मेदवारी दर्ता गर्न आग्रह गरे ।

उम्मेदवारी दर्ताको समय बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तय गरिएको छ ।प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनवाट ६ हजार ६२७ जना जनप्रतिनिधि चयन हुनेछन् । १३६ स्थानीय तहको निर्वाचनका लागि २ हजार १६६ मतदानस्थलमा ३ हजार ५७८ मतदान केन्द्र तोकिएका छन् ।

आयोगले निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० कर्मचारी परिचालन गरेको जनाएको छ ।आयोगले मंगलबार हुने उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन र मनोनयन कार्यक्रमलाई व्यवस्थित तथा शान्तिपूर्ण बनाउन राजनीतिक दल, मतदाता र सम्पूर्ण उम्मेदवारलाई आह्वानसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।