Main Menu
  |   Friday, December 15, 2017
बुटवलमा सनराइज बैंकको प्रभातफेरी
बुटवलमा सनराइज बैंकको प्रभातफेरी

बुटवल । सनराइज बैंक लिमिटेडले आफ्नो १०औं बार्षिकोत्सवको अवसरमा बुटवलमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेकोछ । बुटवलको चौराह देखि ट्राफिकचोक सम्म गरिएको प्रभातफेरी कार्यक्रममा बुटवल, भैरहवा र सुनवल शाखाका सम्पूर्ण कर्मचारीको सहभागिता रहेकोथियो । सहभागीहरुले “हामी संगसगंै समृद्धि“ लेखिएको प्लेकार्ड बोकेका थिए ।

सनराइज बैंक बुटवलका शाखा प्रबन्धक राजेन्द्र घिमिरेले बैंक स्थापनाको दसौं वर्ष प्रवेशको अवसरमा प्रभारफेरी कार्यक्रम मार्फत सम्पूर्ण जनताको आर्थिक समृद्धिमा सनराइज बैंकको साथ सदैव रहिरहने सन्देश दिन खोजेको बताउनुभयो ।

“ प्रत्येक ब्यक्ति, परिवार र राष्ट्रलाई समुन्नत बनाउन सनराइज बैंकले स्थापनाकाल देखि आफ्ना क्रियाकलाप, गतिविधिहरुलाई अगाडि बढाउदै आएको छ” घिमिरेले भन्नुभयो । १०औं बर्ष प्रवेशको अवसरमा देश भरी विभिन्न सामाजिक उत्तरदायीत्वसग सम्बन्धित कार्यक्रमहरु आयोजना भैरहेका उहाँले बताउनुभयो ।

बैंकले बिगत ४ बर्षदेखि बुटवलमा, ५ बर्षदेखि भैरहवामा र बिगत ८ बर्षदेखि सुनवलबाट बैंककिङ्ग सेवा दिइरहेकोछ भने यस क्षेत्रमा करिव ३ अरव निक्षेप संकलन र ४ अरब कर्जा प्रवाह गरेकोछ ।

बुटवल, भैरहवा र सुनवल क्षेत्रमा सनराइज बैंकका करिब १५ हजार ग्राहक रहेका र तिनीहरुलाई आधुनिक बैंककिङ्ग अन्तरगत मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, एटिम सुबिधा प्रदान गरिरहेको बुटवल शाखाका प्रबन्धक राजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।