Main Menu
  |   Friday, December 15, 2017
बैशाख १४ मा ‘कोहलपुर एक्सप्रेस’
बैशाख १४ मा ‘कोहलपुर एक्सप्रेस’

काठमाण्डौ । नायिका केकी अधिकारी हरेक फिल्म र भूमिकालाई पर्दामा परिपक्व तरिकाबाट निर्वाहा गर्न खप्पिस छिन् । ‘स्वर’ फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी केकीले पहिलो पटक फिल्म निर्माणमा हात हालेकी छिन् । ‘कोहलपुर एक्सप्रेस’बाट उनी निर्मात्री बन्दैछिन् । हाल यो फिल्मको छायांकन बाँके जिल्लामा धमाधम धैरहेको छ ।

पछिल्लो समय नेपाली निर्माताहरु सोलो रिलिजको मौका छोप्दै सुटिङ अगावै फिल्मको प्रदर्शन मिति घोषणा गर्ने गर्छन् । केकीले पनि यही बाटो पछ्याएकी छिन् । २२ औं दिनमा छायांकन भैरहेको फिल्मको सुटिङ सेटबाटै केकीले आफ्नो आधिकारीक फेसबुकमार्फत ‘कोहलपुर एक्सप्रेस’लाई २०७५ को बैशाख १४ गते प्रदर्शन गर्ने उद्घोष गरेकी छिन् ।

विशाल भण्डारी निर्देशित यो फिल्ममा केकीसँगै प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ । केकीको होम प्रोडक्शन हाउस ‘जुनकिरी आर्टस्’ बाट निर्माणधिन ‘कोहलपुर एक्सप्रेस’मा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र काली प्रसाद बाँस्कोटाको संगीत सुन्न सकिनेछ ।

केकीका अलावा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई फिल्मको निर्माताका रुपमा रहेका छन् । शान बस्नेतको कथा, अर्जुन तिवारीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, गम्भिर विष्टको नृत्य रहने यो फिल्मले तीन यूवतीको कथा भन्नेछ । फिल्मीखवरबाट

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।