Main Menu
  |   Friday, December 15, 2017
रुपन्देहीमा नयाँ शक्तिको चुनावी अभियान तीव्र
रुपन्देहीमा नयाँ शक्तिको चुनावी अभियान तीव्र

बुटवल – नयाँ शक्ति पार्टीले रुपन्देही क्षेत्र नं. २ मा चुनावी प्रचारप्रसारलाई तीव्र बनाएको छ । मतदाताकेन्द्रीत चुनावी अभियान संचालन गरेको नयाँ शक्तिले मंगलबार सैनामैना नगरपालिका तथा तिलोत्तमा नगरपालिकाका विभिन्न वडाहरुमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।

चुनावी अभियानकै क्रममा सैनामैना नगरपालिका वडा नं. ४ हडैयामा बाबुराम मल्लाह, रमेश मल्लाहलगायत युवाहरु नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । त्यस्तै सैनामैना वडा नं. ९ बाट बुद्धिसागर गैरेको नेतृत्वमा युवाहरु नयाँ शक्तिमा प्रवेश गरेका छन् ।

नयाँ शक्तिले सैनामैना नगरपालिकाका विभिन्न क्षेत्रहरुमा मंगलबार पनि घरदैलो कार्यक्रम जारी राखेको छ । कार्यक्रममा नयाँ शक्ति पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनिकर कार्की, प्रदेशसभा सदस्य उम्मेदवार तेज कुमार घिमिरे, ५ नं. प्रदेश सचिव कमल खनाल, जिल्ला सचिवालय सदस्य हरि खड्का, विदेश विभागका सचिवालय सदस्य नर बहादुर सुनार, नयाँ शक्ति विद्यार्थी युनियनका प्रेम अर्याल, ज्ञानु तिवारी, अमित सुवेदी, गोविन्द घिमिरेलगायतका अभियन्ताहरुको सहभागिता रहेको थियो ।

त्यस्तै मंगलबार नै तिलोत्तमा नगरपालिकाको ३ नं. वडा अन्तर्गतका योगिकुटी सेरोफेरो, डिंगरनगर, १० नम्बर, १२ नम्बर, ड्राइभरटोल चोकलगायतको क्षेत्रमा मतदाताकेन्द्रित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलोमा नयाँ शक्तिका प्रदेश सभा सदस्य उम्मेदवार पंकज राई, निर्वाचन परिचालन समितिका बाबुराम पौडेल, युवा अभियन्ताहरु गणेश सापकोटा, पुरुषोत्तम कंडेल, माया भट्टराई, विदुर केसीलगायतको सहभागिता रहेको थियो ।

घरदैलोका क्रममा नयाँ शक्ति पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनिकर कार्कीले नयाँ शक्ति पार्टीले देशमा आएको राजनीतिक परिवर्तनसँगै आम नागरिकको आर्थिक अवस्था फेर्ने अभियानमा साथ दिन आम मतदातालाई आग्रह गरे ।

त्यस्तै प्रदेशसभा अन्तर्गत क्षेत्र नं. २ का उम्मेदवार तेज कुमार घिमिरेले नयाँ शक्ति पार्टीले मात्र अब देशमा समृद्धि ल्याउने बताए । नयाँ शक्तिले भड्किलो र खर्चिलो चुनावी कार्यक्रमहरु नगरी मतदाताकेन्द्रीत चुनावी अभियान संचालन गर्ने र चोक चोकमा ससानो प्रविधियुक्त चुनावी सभा गर्ने बताएको छ ।

ठूला पार्टीहरुले खर्चिलो र भड्किलो चुनाव प्रचार शैली अवलम्बन गर्दैगर्दा नयाँ शक्तिले मतदाता केन्द्रित घरदैलो अभियान संचालन गरेको नयाँ शक्तिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।