Main Menu
  |   Friday, December 15, 2017
एमालेको चकलेटी नारामा विश्वास नगर्न पोखरेलको आग्रह
एमालेको चकलेटी नारामा विश्वास नगर्न पोखरेलको आग्रह

सालझण्डी । रुपन्देही क्षेत्र नं. ५ क का नेपाली कांग्रेसका प्रदेश सभाका उम्मेदवार विष्णु पोखरेलले सुकुम्वासी समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको वताउनु भएको छ ।
उहाँले एमालेको जस्तो चकलेटी नारामा विश्वास नगर्न मतदातालाई अनुरोध गर्दै नेपाली कांग्रेसले विजय प्राप्त गरे सुकुम्वासी समस्या पहिलो प्राथमिकतामा साथमा समाधान गर्ने बाचा गर्नुभयो ।

विगतमा नेकपा एमालेले सुकुम्वासी समस्या समाधान गरिदिने भन्दै जनतासंग पैसा संकलन गरे बेवकुफ वनाएको आरोप लगाउँदै उहाँले नेपाली कांग्रेसले कुनै चकलेटी नारा नदिएरै सुकुम्वासीको समस्या समाधान गरिदिने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ को भैरवघाटमा आयोजना भएको चुनावी सभालाई मंगलवार सम्वोधन गर्दै उम्मेदवार पोखरेलले अहिलेको चुनाव लोकतन्त्र राख्ने कि कम्युनिष्ट तानाशाही ल्याउने भन्ने वीचमा रहेको वताउँदै कम्युनिष्ट शासन आए यो अन्तिम चुनाव हुने दावी गर्नुभयो ।

यो चुनाव जनमत संग्रहजस्तै भएको वताउँदै उम्मेदवार पोखरेलले लोकतन्त्र रक्षाका लागि नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।

प्रतिनिधि सभाका उम्मेदवार नेता भरत शाहको चर्चा गर्दै उहाँले विगतमा आफ्नो क्षेत्रमा धेरै बजेट लैजाने नेपालकै तीन नेताभित्र भरत शाह पनि रहेको र फेरी पनि यस क्षेत्रको विकासका लागि भरत शाहकै आवश्यकता रहेकोले रुख चिन्हमा मतदान गर्न समेत अनुरोध गर्नुभयो ।

नेपाली कांग्रेस रुद्रपुर संयोजक यमवहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता चन्द्रवहादुर श्रीस, नेपाली कांग्रेस क्षेत्रीय सचिव चन्द्रवहादुर थापा र मोतिवहादुर थापाले बोल्दै भैरवघाटमा वन्दै गरेको पुल कांग्रेसका नेता भरत शाहको पहलमा आएको वताउँदै कञ्चन बाँध समेत शाहकै पहलमा निर्माण भैरहेकोले उहाँ विकास प्रेमी नेता भएको वताए ।

यसैगरी उम्मेदवार पोखरेलले मंगलवार नै सैनामैनाको वार्ड नं. १० स्थित भाटाचौरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्नुभएको थियो । उता नेपाली कांग्रेस प्रचार प्रसार समितिले गैडहवा गाउँपालिकामा चुनाव प्रचार प्रुसार समिति गठन गरेको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।