Main Menu
  |   Friday, December 15, 2017
लाली चाउचाउले चोर्‍यो प्रिती चाउचाउको डिजाइन, चाउचाउ नबेच्न उद्योग विभागको निर्देशन
लाली चाउचाउले चोर्‍यो प्रिती चाउचाउको डिजाइन, चाउचाउ नबेच्न उद्योग विभागको निर्देशन

बुटवल । पछिल्लो समय नेपाली बजारमा बर्चस्व जमाउन थालेको लाली चाउचाउलाई गैरकानुनी काम गरेपछि उद्योग बिभागले कार्वाही गरेको छ । एशियन थाई फुडस् प्रालिबाट उत्पादीत प्रिति चाउचाउको उजुरीका आधारमा लाली चाउचाउ कार्वाहीमा परेको हो ।

यशोदा फुडस प्राली बुटवलको उत्पादनमा बजारमा आएको उक्त चाउचाउले प्रिति चाउचाउ जस्तै प्याकेटमा बजारमा पठाएर भ्रम श्रृजना गर्न खोजे पछि प्रिति चाउचाउका उत्पादक एसियन थाईफुडसले उद्योग बिभागमा उजुरी दिएको थियो ।

ढिलो गरी प्राप्त सुमाचार अनुसार उद्योग बिभागले असोज १० गते चनं ८५ को पत्रमा गत २०७४ बैसाख १० लाली चाउचाउका बिरुद्ध उजुरी परेको उल्लेख गर्दे ४५ दिन भित्र ¥यापर परिवर्तन गर्न र बजारमा पठाईएका चाउचाउ समेत नवेच्न निर्देशन दिएको थियो ।

बिभागले यदि बजारमा लालि चाउचाउले उक्त निर्देशन पालना नगरे कार्वाही समेत गर्ने उक्त पत्रमा उल्लेख गरेको छ । नेपाली बजारमा बर्चस्व जमाई सकेका उत्पादनहरुको नक्कल गरी आफ्ना उत्पादन बजारमा पठाउने क्रम बढदै गएको छ । जसले उपभोक्ता समेत ठगिएका छन ।

लाली चाउचाउको उत्पादक यशोदा फुडस्ले भने अहिले सम्म बिभागको निर्देशन पालना गरेको छैन । ‘हामी बिभागको निर्देशन बिरुद्ध अदालत जाने तयारीमा छौं–यशोदा फुडसका एक सञ्चालकले भने ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।