Main Menu
  |   Sunday, October 21, 2018
दैनिकपत्रको वार्षिकोत्सवमा रक्तदातालाई सम्मान
दैनिकपत्रको  वार्षिकोत्सवमा  रक्तदातालाई सम्मान

बुटवल । बुटवल मिडिया प्रकाशन प्रालद्वारा प्रकाशित दैनिक पत्रको १४ औँ वार्षिकोत्सवको अवसरमा विहिबार बुटवलमा नियमित रक्तदान गर्ने १४ जनालाई सम्मान तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक उत्तरदायित्वमुलक कार्यक्रम अन्तर्गत पत्रिकाले नियमित रक्तदान गर्ने रक्तदातालाई सम्मान र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा बुटवल तथा आसपासका विभिन्न व्यतिहरुले रक्तदान गरेका छन् ।

कार्यक्रमा प्रमुख अतिथी बुटवल उप महानगरपालिका पूर्व उपमेयर तथा समाजसेवी विमल बहादुर शाक्यले दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाक्यले रक्तदान जिवन दान जस्तै भएकोले सवैले रक्तदाताहरुलाई सम्मान गर्नुपर्ने बताउनु भयो ।

वुटवल मिडिया प्रकाशन प्रालि ले १४ औ वार्षिकोत्सवका अवसरमा लामो समय देखि रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान र रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरे ।

त्यस्तै विशिष्ट अतिथि जीवन प्रसाद वझाले कार्यक्रममा बोल्दै दैनिकपत्रले १४औ वार्षिकोत्सव रत्तदान लगायतका विभिन्न रचनात्मक काम गरेर भव्य रुपमा मनाएको देख्दा हामी वुटवलबासी निकै खुसी भएको धारण व्यक्त गरे । सो कार्यक्रममा बोल्दै रिपोटर्स कल्ब नेपालका अध्यक्ष क्रषि धमलाले वुटवल पत्रकारितामा मोफसलको राजधानीका रुपमा प्रख्यात रहेको भन्दै यसको नेतृत्व वुटवल मिडिया प्रकाशन प्रा.लि.द्वारा प्रकाशित दैनिकपत्र र जनसंघर्ष लगायतका सञ्चार माध्यमले सगौरव गरिरहेको बताए ।

उनले प्रदसको वुटवल प्रदेश नं ५ को राजधानी पनि बुटवल नै हुने कुरामा आफु विश्वस्त रहेको बताए ।
सो कार्यक्रममा शान्ति समाजका केन्द«ीय उपसभापति गोविन्द खनालले बोल्दै दैनिकपत्र र जनसंघर्ष लुम्बिनी अञ्चलको पत्रकारिताको गौरव भएको चर्चा गर्दै मानव अधिकार र शान्तिको पक्षमा यस क्षेत्रबाट प्रकाशित सञ्चार माध्यम र पत्रकारहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देही कार्यवाहक अध्यक्ष निरु गौतमले दैनिकपत्रले वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेका रचनात्मक कार्यक्रमहरुले पत्रकारिता र पत्रकारहरुको गरिमा र प्रतिष्ठा बढाएको बताईन् ।
त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान,दैनिकपत्रका प्रवन्ध सम्पादक क्रषि आजाद, पत्रकार उषाकिरण पन्थले दैनिकपत्रले मोफसलको पत्रकारितामा अग्रणि भूमिका खेल्दै अगाडि बढेकोमा बधाई दिदै उत्तरोत्तर प्रगतिको कामना गरे ।

कार्यकारी सम्पादक सी.पी. खनालको सञ्चलनमा भएको कर्यक्रममा रक्तदान कार्यक्रमका संयोजक तेजेन्द्र केसीले कार्यक्रमको महत्व बारे प्रकाश पारेका थिए ।

दैनिक पत्रले वार्षिकोत्सवको अवसरमा बिभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेको छ । मंसीर ११ गते देखि शुरु भएकोे दैनिक पत्रको वार्षिकोत्सव बिभिन्न चरणमा गरी माघ मसान्त सम्म जारी रहने छ ।

यस क्रममा मंसीर १६ गते कविता वाचन र त्यसको केही समय पछि लेखकहरु बिच अन्तरसंवादका साथै चरणबद्ध रुपमा प्रदेश नम्बर ५ र अन्य बिभिन्न क्षेत्रमा संघीयता र आर्थिक समृद्वि बिषयमा अन्तरक्रियात्मक कार्यक्रम एवम् माघ २९ गते सोही विषयमा केन्द्रित रही भव्य र आकर्षक विशेषाङ्क प्रकाशन गरिने प्रकाशन संस्थाका कार्यकारी प्रमुख तथा दैनिक पत्रका प्रधान सम्पादक बालकृष्ण चापागाईंले बताए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।