Main Menu
  |   Sunday, July 22, 2018
जेसिज एउटा अभियान हो : पौडेल
जेसिज एउटा अभियान हो : पौडेल

जेसीज आफैमा नेत्तृत्व र ब्यक्तीत्व विकास गर्ने संस्था हो । यो विशुद्ध गैरराजनैतिक र गैरसामाजिक संस्था हो । यसले समाजका हरेक संघ संस्थामा नेत्तृत्वदायी भुमिका निर्वाह गर्नसक्ने योग्य, कुशल नेत्तृत्वको विकाश गर्छ । जसले समाजमा विधिको शासन गर्न सिकाउँछ । यी वाहेक अव जेसिजलाई तालिम विश्वविद्यालयको रुपमा विकास गरिने योजना रहेको छ । यसै सन्द्रभमा रहेर भैरहवामा सम्पन्न हुन गइरहेको आसन्न ४४औ राष्ट्रिय महादिवेशनमा राष्ट्रिय अध्यक्षमा आफ्नो उमेद्धारी दिएका महेश पौडेलसँग गरिएको कुराकानी ः

जेसिजको नेत्तृत्वमा कस्ता अवसर र चुनौति रहेका छन ?
जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।

जेसिजलाई देश विकास र परिवर्तनका विषयमा भन्दा पनि आफनै क्षेत्रमा मात्र क्रियाशील छ भन्ने आरोप छ नि ?
सर्व प्रथमत जेसिजको दर्शन नै ब्यक्तिगत विकासद्धारा समाज, देश तथा विश्वलाई विकास र परिवर्तन गर्न सकिन्छ भन्ने उदेश्यवाट निर्देशित छ तथापी जेसिजले देशको विकास र सामाजिक राजनैतिक परिवर्तनमा सदैव अग्रसर हुदै आएको छ । हामीले ०४६ सालको आन्दोलन, ०६२/०६३ को जनआन्दोलन त्यसपछिको संविधानसभाका विषयमा आमजनतालाई सुचना प्रवाह गर्ने होस वा त्यसलाई सफल बनाउन सक्दो योगदान गरेका छौ । युवाहरुलाई सामाजिक काममा उत्प्रेरणा जगाउन व्यक्तित्व विकास गराउने कार्यमा अग्रसर छौ ।
जेसिजमा लागेर युवाहरुले के पाउँछन ?
युवाहरुले जेसिजमा आफनो व्यक्तिगत विकास गराई सक्षम, सफल, अनुशाशित र योग्य व्यक्ति बन्नलाई सहायक सिद्ध हुनुका साथै विश्वभरीका जेसिज सदस्यहरुसँग सम्बन्धको विकास गरी वैश्विक व्यक्ति हुनुका साथै अन्तराष्टिय स्तरसम्म आफनो व्यावसायको प्रभावलाई वढाउन सकिन्छ ।

जेसिजलाई धनि र पुँजीपतिको सँस्थाहो भन्ने बुझाई छ किन?
जेसिजमा लाग्नेहरु पुँजीपति वर्गका मात्र हुन्छन भन्ने सोचाई विल्कुल गलत हो बरु मेरो बिचारमा त जेसिज धनि बनाउने सँस्था चै पक्कै हो यहाँ संसार भरीका उद्यमी र व्यावसायी व्यक्तित्वहरु बिच सम्बन्ध, सहकार्य तथा अन्तक्रिया हुने गर्दछ जसबाट आर्थिक समृद्धि प्राप्त गर्नका लागी विभिन्न विकल्पहरुलाई उपयोग गर्न सकिन्छ । तर जेसिजमा लागेपछि विभिन्न कार्यक्रम र तालिममा आफै सहभागी हुने तथा समय पनि दिनुपर्ने हुन्छ । यस कारणले मानिसहरुमा त्यस्तो भ्रम उत्पन्न भएको जेसिज अन्य संस्थाभन्दा सस्तो छ ।

देश विकासको लागी कस्तो प्रकारको शिक्षा आवश्यक छ ?
हम्रो जस्तो कृषिप्रधान देशका लागी प्रबिधि युक्त शिक्षा नै आवश्यक पर्दछ । सीपयुक्त र प्रविधिस हितको शिक्षाले वेरोजगारी अन्त्यगर्नुका साथै देशको आर्थिक सामाजिक विकासमा दिर्घकालीन टेवा पुग्दछ ।

पछिल्लो समयमा जेसिजका क्रियाकलापहरु शुन्य जस्तै देखिन्छ किन यस्तो भएको हो ?
एउटै व्यक्ति धेरैवटा संस्थामा आवद्ध हुने परिपाटीको विकास भएको छ । जस्तै जेसिजका सदस्यहरु अन्य संस्थामा पनि आवद्ध भएको र अन्य संस्थामा आवद्धताका कारण अरुमा पनि क्रियाकलापहरु हुने भएकोले हाम्रा क्रियाकलापहरु कम भएको महशुस हुनगएको हो । त्यसैले जेसिजका क्रियाकलापलाई फरक ढंगले सुचारु गरेनभने अझै कमी आउन सक्छ । यसैको सुधारको लागीपनि मेरो सक्रियता रहनेछ ।

अब जेसिजका क्रियाकलापलाई निरन्तरता दिनका लागी के गर्न जरुरी छ, तपाईको भुमिका कस्तो हुनेछ ?
शाखाका सदस्यहरुको धेरैभन्दा धेरै सहभागीतामा कार्यक्रमहरु संचालन गर्ने, प्रत्येक शााखामा विधिको शासन, आर्थिक वृद्धि, शााखाशाखा बिचको बन्धुत्व भावना र नेपाल जेसिजले आयोजना गर्ने कार्यक्रमहरुवाट शाखाका पदाधिकारी तथा सदस्यहरुलाई सिकाई हुने खालका कार्यक्रमहरु गर्न जरुरी छ र म त्यस्ता क्रियाकलापहरुद्धारा जेसिजलाई नयाँ उचाँइमा पुर्याउन चाहन्छु ।

जेसीजकर्मीको नाताले आमसमुदाय तथा सरोकारवालाहरुलाई के संदेश दिनचाहनु हुन्छ ?
जेसिज एउटा अभियान हो । यो अभियानमा सकारात्मक सोचका साथ लाग्नु पर्दछ । यस संस्थावाट प्राप्त हुने कुरा कुनै पनि विश्वविद्यालयमा गएर प्राप्त हुदैन । यस संस्थामा आवद्ध भइसकेपछि आफुले पाएका र सिकेका कुराहरु समाजलाई दिन सक्नुपर्छ । यसले सामाजिक रुपान्तरणमा सहयोग पुग्छ त्यो अभियानमा सक्रियतापुर्वक लाग्ने मेरो प्रतिवद्धता व्यक्तगर्न चाहन्छु ।

जेसिजमा युवाहरु किन आवद्ध हुने ?
जेसिज गैरसरकारी संस्था होइन यो त विश्वव्यापी संजाल भएको सिक्ने र सिकाउने थलो हो । यसवाट युवाहरुले नेत्तृत्व विकास, क्षमता विकासका विभिन्न तालिम ,गोष्ठी, भ्रमण लगायतका विभिन्न अवसरहरु पाउने गरेका छन । यस्ता अवसरहरुले समाजको जुनसुकै क्षेत्रमा क्रियाशील भएता पनि आफुलाई स्थापित गराउन सजिलो हुन्छ । त्यसैले युवाहरुमा निहित रहेका विभिन्न क्षमताहरुलाई प्रस्फुटन गर्न र समाजको जुनसुकै क्षेत्रको पनि नेत्तृत्वका लागी आवश्यक सीप, कौशल, ज्ञान हासिल गर्नका लागी जेसिज उपयुक्त थलो हो भन्ने लाग्छ । यी कारणहरुले गर्दा पनि जेसिजमा युवाहरु आवद्ध हुन आवश्यकछ ।

तपाई नेपाल जेसिजको राष्टिय अध्यक्षमा निर्वाचित भएमा तपाईका खास योजना हरु के के छन ?
जेसिजले सकारात्मक सोच, विधिको शासनको महत्व, लोकतान्त्रिक व्यवस्थाप्रति युवाहरुलाई गोलवद्ध गराउने काम गर्दछ । मैले पनि जेसिजमा आवद्ध भएकै कारण जापान, कोरिया लगायतका विभिन्न समृद्ध मुलुकहरुमा पुगेर केही ज्ञान सिप हासिल गर्ने अवसर पाएको छु । त्यो ज्ञान र सिप नेपाल जेसिजका माध्यमबाट देशभरका युवाहरु बिचमा पुर्याउन चाहन्छु । जेसिजले नेत्तृत्व र व्यक्तित्व विकास विधिको शासनका लागी युवाहरुलाई जुन तालिम र प्रशिक्षण प्रदान गर्छ । त्यो सिप सामाजिक र राजनैतिक व्यक्तित्वहरु बिचमा पनि पुर्याउनेछ । त्यस्तै देशभित्र उद्यमशीलताको विकासको लागी विभिन्न विकल्प र अवसरहरुको खोजीमा पनि नेपाल जेसिज लाग्नेछ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।