Main Menu
  |   Sunday, June 24, 2018
ओली सरकार पाँचवर्ष टिक्दैन: खाँण
ओली सरकार पाँचवर्ष टिक्दैन: खाँण

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य वालकृष्ण खाँणले ओली नेतृव सरकार पाँचवर्ष नचल्ने दावी गरेका छन् । ओलीको संकिर्ण र एकतन्त्रिय सोंचले सरकार पांचवर्ष नटिक्ने खाँणको भनाई छ । पूर्व रक्षामन्त्री समेत रहेका खाँणले ओली सरकारको विकल्पमा लोकतान्त्रिक शक्ति अगाडी आउने दावी गरेका छन् ।

नेपाली कांग्रेस तिलोत्तमा २ ले आयोजना गरेको उद्घोषण तालिम समापन कार्यक्रममा बोल्दै उनले ओली सरकार लामो समय टिक्नै नासक्ने बताए । उनले पूर्ववर्ती देउवा सरकारले गरेका निर्णयहरु जनताको हितमा रहेको बताउंदै उक्त निर्णयहरु कार्यान्वयन गर्न कांगे्रसले आवश्यक अनुसार आन्दोलन गर्ने बताए ।

मानिसको आयु सरदर ६९ वर्ष भएकाले ६५ वर्ष उमेर पुगेका गरिवीका रेखामुनी रहेका वृद्ववृद्वालाई भक्ता दिने निर्णय उपयुक्त भएको बताए । भौगोलिक, भाषिक, धार्मिक, सांस्कृतिक विविधतालाई कांग्रेसले मात्र सम्बोधन गर्न सक्ने बताए । उनले नयाँ पुस्ताको चाहाना र भोलीको गन्त्ब्यलाई बुझेर विविधता धेरै भएको देशलाई अगाडी बढाउनु पर्ने बताए ।
कांग्रेस संसारकै जिम्मेवार पार्टी भएको बताउंदै सानो देशमा कांग्रेसले ठूलाठूला नेता जन्माएको बताए । एमाले, माओवादीलाई पार्टी एकता गरेर सुरक्षित हुन आग्रह गर्दै बिचार मिल्नेबीच एकता हुन राम्रो पक्ष रहेको बताए । नेपाली कांग्रेस वडा नम्बर २ का अध्यक्ष तिर्थराज पौडेलको अध्यक्षता भएको कार्यक्रममा महासमिती सदस्य क्याप्टेन यमबहादुर खत्री, वडा नम्वर २ का उपसभापति पुर्णबहादुर खत्री, तालिम सहयोगी खिमबहादुर खड्का, सहभागीको तर्फबाट मधु अर्याल, हिमाल कार्की र पवित्रा पाण्डे लगाएतले मन्तब्य राखेका थिए ।

तीनदिने उक्त उद्घोषण तालिममा ५५ जनाको सहभागिता रहेको सचिव असिम थापाले बताएका छन् । सहभागिहरुलाइ प्रेस युनियन रुपन्देहीका कार्यसमिती सदस्यद्वय रमेश अर्याल र दिनेश खड्काले प्रशिक्षण दिएका थिए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।