Main Menu
  |   Sunday, June 24, 2018
फुटसल प्रतियोगीताको उपाधी देवदह जेसीजको कब्जामा
फुटसल प्रतियोगीताको उपाधी देवदह जेसीजको कब्जामा

बुटवल । बुटवल जेसीजले आयोजना गरेको फुटसल प्रतियोगीता २०१८ को उपाधि देवदह जेसीजले कब्जा गरेको छ । शुक्रबार बुटवल योगीकुटीमा रहेको लुम्बिनी फुटसल एरिनामा सम्पन्न भएको खेलमा देवदह जेसीजले सुनवल जेसीजलाइ ट्राईबेकरमा २–१ हराउँदै उपाधि कब्जा गरेको हो ।

निर्धारित अवधिमा खेल ४–४ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा ट्राईबेकरबाट निकालिएको हो । सुनवल जेसीज प्रतियोगीताको उप विजेता भएको छ ।
यस्तै कपिलवस्तु जेसीजलाई हराउँदै तिलोत्तमा जेसीजले तृतिय स्थानमा आफुलाई सुरक्षित गरेको छ । उक्त टिम विचको खेल पनि ४–४ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा ३–२ को गोल अन्तरले तिलोत्तमा तृतिय स्थानमा सुरक्षित भएको हो ।

बुटवल आसपासका क्षेत्रमा रहेका जेसीज शाखाहरु विचको सम्वन्ध प्रगाढ बनाउने लक्ष्यका साथ आयोजना गरिएको प्रतियोगीतामा बुटवल जेसीज, रामनगर जेसीज, सिदार्थ जेसीज पहिलो चरणबाटै बाहिरिएका थिए भने सेमी फाईनलमा तिलोत्तमा जेसीजले भलवारी जेसीजलाई हराएको थियो । प्रतियोगीताको वेष्ट प्लेयरको उपाधि देवदह जेसीजका भिम थापाले पाएका छन् ।

प्रतियोगीताको प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता लिला गिरीले उद्घाटन गर्नु भएको थियो । उहाँले कार्यक्रममा बोल्दै खेलले समाजलाई एकताको सुत्रमा बाँध्न सहयोग पुराउने बताउनु भएको छ ।

विश्वमा खेलले टुटेको राजनैतिक सम्वन्धलाई जोडेका उदाहरणहरु धेरै भएकोले नेपाली समाजमा पनि खेलकुदले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने उहाँको भनाई छ । कार्यक्रममा नेपाल जेसीज २०१८ का राष्ट्रिय उपाध्यक्ष राजेन्द्र घिमिरेले फुटसल प्रतियोगीताले आपसीभाईचाराको भावना मात्र प्रवाह नगरी युवाहरुलाई स्वस्थ रहन सन्देश समेत दिएको बताउनु भयो ।

सहभागी टिमको तर्फबाट बोल्दै कपिलवस्तु जेसीजका अध्यक्ष सुन्दर पाण्डे र देवदह जेसीजका अध्यक्ष विष्णु न्यौपानेले बुटवल जेसीजले अन्तरशाखा सम्वन्धलाई प्रगाढ बनाउन फुटसल प्रतियोगीता आयोजना गरेर महत्व पुर्ण भूमिका खेलेको बताउनु भएको थियो ।

वर्ष २०१८ को लागि बुटवल जेसीजको नेतृत्व सम्हाले लगत्तै अन्तरशाखा सम्वन्धलाई प्राथमिकतामा राख्नु भएका अध्यक्ष यम प्रसाद तिवारीले प्रतियोगीताले एकताको सन्देश प्रवाह गर्न सफल भएको बताउनु भयो । जेसीज शाखाहरु बहुशाखा कार्यक्रमको अवधारणालाई अघि सारेर अघि बढेमात्र जेसीज अभियान सशक्त हुने तिवारीको भनाई छ । प्रतियोगीताको संयोजक अमृत पाण्डे हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।