Main Menu
  |   Saturday, December 15, 2018
संसदीय दलको नेता छान्न ३ सदस्यीय कार्यदल गठन
संसदीय दलको नेता छान्न ३ सदस्यीय कार्यदल गठन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न ३ सदस्यीय कार्यदल गठन गरेको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले चिनकाजी श्रेष्ठको नेतृत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे सदस्य रहेका छन्।

कार्यदलले संसदीय दलको नेता चयनका लागि मिति तोक्ने, सर्वसम्मतीमै नेता चयनको वातावरण सिर्जना गर्ने, नभए निर्वाचन गराउने जिम्मेवारी पाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकले राष्ट्रियसभा सदस्यमा नियुक्तिमा समेत आपत्ति जनाउँदै सच्याउन राष्ट्रपति विद्यादेवी भण्डारीसँग माग गरेको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिसलाई रोकेर नयाँ सरकारको सिफारिस प्रमाणिकरण गर्नु असंवैधानिक भएको कांग्रेसको ठहर छ। प्रवक्ता शर्माका अनुसार केन्द्रीय समिति बैठकले परिमार्जित संघीय संसदीय दलको विधानलाई अनुमोदन समेत गरेको छ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।