Main Menu
  |   Sunday, October 21, 2018
प्रदेश ५ को सरकारमा थपिए तिन मन्त्री, कसलाई कुन मन्त्रालय ?
प्रदेश ५ को सरकारमा थपिए तिन मन्त्री, कसलाई कुन मन्त्रालय ?

बुटवल । प्रदेश नम्बर ५ को सरकार विस्तार भएको छ । सोमबार मुख्यमन्त्री शंकर पोखरेलले सरकार गठनको एक महिनापछि मन्त्रिमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री पोखरेलले सोमबार तीन मन्त्री थपेका छन्। सरकारमा एमालेबाट दुई र माओवादी केन्द्रबाट एक गरि तीन मन्त्री थपिएको हो ।

मन्त्री हुनेमा एमालेको तर्फबाट रुपन्देहीका लिला गिरी र बाँकेकी आरती पौडेल छन् भने माओवादीको तर्फबाट मन्त्री हुनेमा गुल्मीका सुर्दशन बराल रहेका छन् । लिला गिरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका छन् । आरती पौडेलले भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सम्हाल्ने छन भने सुर्दशन बरालले सामाजीक विकास मन्त्रालयको जिम्मा पाएका छन् । नव नियुक्त मन्त्रिहरुले आजै प्रदेश प्रमुख उमाकान्त झाबाट सपथ समेत ग्रहण गरेका छन् । सोमबार मन्त्रि परिषद् विस्तार भए पनि पूर्णता भने पाएको छैन ।

यस अघि फागुन ३ गते प्रदेश सरकार गठनसंगै आन्तरिक मामिला तथा कानुन मन्त्रीमा माओवादीका कुलप्रसाद केसी र भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा एमालेका बैजनाथ चौधरी नियुक्त भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।