Main Menu
  |   Monday, August 20, 2018
सन्दिपले आईपीएलमा १ नम्बरको जर्सी लगाउने
सन्दिपले आईपीएलमा १ नम्बरको जर्सी लगाउने

बुटवल । काठमाडौं । नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा १ नम्बरको जर्सी लगाउने भएका छन् । लेग स्पिन्नर सन्दिपले दिल्ली डेयरडेभिल्सबाट यो सिजनको आईपीएल क्रिकेट खेल्दैछन् ।

काठमाडौंमा बिहिबार एक कार्यक्रमका बीच सन्दिपले प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको हो । राष्ट्रिय खेलकुद परिसदका सदस्यसचिव केशव कुमार बिष्ट, दिल्ली डेयरडेभिल्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त दुवा र भारतीय पूर्व क्रिकेटर सुनील भाल्सनले सन्दिपको जर्सी सार्वजनिक गरेका थिए ।

गत माघमा भएको अक्सनमा सन्दिपलाई दिल्लीले किनेको थियो । सन्दिपलाई दिल्लीले न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा किनेको छ । दिल्लीमा अनुबन्ध भएसँगै सन्दिप नेपालबाट आईपीएल खेल्ने पहिलो खेलाडी बनेका छन् । आईपीएलको यो संस्करण अप्रिल ७ देखि मे २७ सम्म हुँदैछ । यो पटक दिल्लीसहित ८ टोलीले सहभागिता जनाएका छन् । सन्दिपको जर्सी सार्वजनिक गर्न दिल्लीका प्रमुख कार्यकारी अधिकृत हेमन्त दुवा, सुनील भाल्सनसहितको टोली नेपाल आएको थियो ।
स्रोत :baahrakhari.com

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।