Main Menu
  |   Sunday, July 22, 2018
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सय दिने कार्ययोजना सार्वजनिक

काठमाडौं । आफ्नो एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै मन्त्री अधिकारीले तीन महिनाभित्र विमान खरिद प्रक्रिया शुरु गर्न सैद्धान्तिक निर्णय गराउने जानकारी दिए ।
आन्तरिक उडानलाई थप विस्तार गर्न नेपाल वायुसेवा निगमले विमान किन्नु पर्ने उनको भनाइ छ । निगमसँग रहेका ८ मध्ये ६ वटा विमान आन्तरिक उडानका लागि उपयुक्त रहेकाले अधिकतम क्षमताका साथ उडान भर्ने उनको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या न्यूनीकरण गर्ने र कम्तिमा दैनिक २१ घण्टा सन्चालनमा ल्याउने योजना पनि मन्त्री अधिकारीले सुनाए । आन्तरिक उडानलाई स्थानान्तरण गर्न सम्भाव्यता अध्ययन भएको काभ्रेको ठूलीचौरका साथै अरु विकल्पबारे पनि अध्ययन गर्ने उनले उल्लेख गरे । काष्ठमण्डप र रानीपोखरी निर्माणमा देखिएको विवाद तत्काल टुंगो लगाउने पनि उनले जनाए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।