Main Menu
  |   Monday, April 23, 2018
बिमाकर्मीहरुले गठन गरे नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी लुम्बिीनी च्याप्टर
बिमाकर्मीहरुले गठन गरे नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी लुम्बिीनी च्याप्टर

बुटवल । रुपन्देही आसपासका जिल्लाहरुबाट बुटवलमा भेला भएका बिमाकर्मीहरुले नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी (NIPS) लुम्बिीनी च्याप्टर गठन गरेका छन् । पेशागत एकताको लक्ष्य लिएर संस्था गठन गरेको जनाईएको छ ।

भेलाले संस्थाको अध्यक्षमा विश्वदिपक नेपाल चयन हुनु भएको छ । उपाध्यक्षमा गोपाल ज्ञवाली, सचिवमा किरण काफ्ले, कोषाध्यक्षमा रोहणी श्रेष्ठ, सदस्यहरुमा यमप्रसाद तिवारी, प्रताप श्रेष्ठ, धुव्र कोईराला रहनु भएको छ । भेलाले सल्लाहकारमा मोहन घिमिरे, रमेश बहादुर थापा र भगवती रेग्मीलाई चयन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बिमाकर्मीहरु हकहितकोलागि संस्थाले काम गर्ने बताउनु भएको छ । उहाँले बिमाकर्मीहरुको एकताले बिमा क्षेत्रमा नयाँ आयाम थप्ने बताउनु भयो । भेलामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, लगाएत लम्बिनी क्षेत्रका जिल्लाबाट विमाकर्मीहरु भेला भएका थिए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।