Main Menu
  |   Sunday, October 21, 2018
कर्मचारी काममा नगए बिदा दिइने छः मन्त्री पण्डित
कर्मचारी काममा नगए बिदा दिइने छः मन्त्री पण्डित

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्थानीय निकायमा जनताको सेवा गर्ने कर्मचारी अपुग भएकाले आवश्यक दरबन्दी पूरा गर्न सरकारले कर्मचारीको स्वेच्छिक अवकाश स्थगन गरेको प्रष्ट पार्नुभयो ।

मन्त्री पण्डितले सबै कार्यालयमा परिपत्र पठाई स्थानीय निकायमा खटिएका कर्मचारीलाई पहिलेको कार्यालयमा हाजिर गराउन मन्त्रालयले रोक लगाएको बताउँदै लुकीछिपी हाजिर गराउनदिने प्रमुखलाई कारवाही गरिने चेतावनी दिनुभयो । कर्मचारीलाई सरकारले खटाएका ठाउँमा जान बारम्बार आह्वान गरिएको बताउँदै नगएमा त्यस्ता कर्मचारीलाई बिदा दिइने स्पष्ट गर्नुभयो । अको प्रसङ्गमा उहाँले आफूले चाहेको सचिव आफ्नै मन्त्रालयमा हुनुपर्छ भन्ने सोच राख्न नहुने बताउँदै सबै सचिवहरुले आआफनो जिम्मेवारी लिइसक्नुभएको प्रष्ट पार्नुभयो । (रासस)

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।