Main Menu
  |   Sunday, July 22, 2018
माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने
माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने

टम्पा । आँखा सुख्खा हुने समस्या भएकाहरुलाई माछाको तेल लाभदायक हुने मान्यता गलत रहेको एक अध्ययनले देखाएको छ । लामो समयदेखि स्थापित मान्यतालाई गत शुक्रबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले त्रुटिपूर्ण रहेको दावी गरेको हो । माछाको तेलबाट बनाइने ओमेगा–३ नामक औषधीवद्र्धक पदार्थ आखाँका लागि प्रभावकारी काम गर्न नसकेको विभिन्न परिक्षणहरूबाट पुष्टि भएको अध्ययनकर्ताहरूले बताएका छन् ।

झण्डै ५३५ जनामा गरिएको परिक्षणको नतिजाका आधारमा तयार पारिएको प्रतिवेदन न्यु इङ्ग्ल्याण्ड जर्नल या मेडिसिनमा प्रकाशित भएको छ । अमेरिकाका झण्डै एक करोड साढी लाख मानिसमा आँखा सुख्खा भएर आँखाको दृष्टिमा कमी आउने लगायतका समस्याहरू देखिने गरेको छ । विज्ञहरूले अनुमान गरेअनुसार अमेरिकामा सुख्खा आँखा सम्वन्धि समस्याका कारण प्रतिबर्ष ५५ विलियन डलर खर्च हुनेगरेको छ ।

अध्ययनमा संलग्नहरूको आँखाको अवस्थामा सुधार आएको छ कि छैन भनेर झण्डै छ महिना परिक्षण गरेर गरिएको अध्ययनबाट अनपेक्षित नतिजा आएको उनीहरूको भनाई छ ।
परिक्षणमा संलग्नहरूको आँखामा आएको सुधार अस्वस्थकारी भएको उनीहरूको निश्कर्ष रहेको छ । माछाको तेलका कारण झण्डै दश प्रतिशत मात्रै उपलब्धि भएको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । “ओमेगा –३ ले कुनै फाइदाजनक प्रभाव पार्दो रहेनछ भन्ने देखिएपछि हामी चकित भयौं,” अध्ययनप्रतिवेदनका सहलेखक तथा पेन्सील्भानीया विश्वविद्यालयका सहायक प्राध्यापक भाटिनी बुन्याले भन्नुभयो । यो अध्ययनले आँखाको उपचारको उपायका बारेमा आँखा सम्बन्धी स्वास्थ्यकर्मीहरूले पुनःविचार गर्नुपर्ने सन्देश दिएको उहाँको भनाई छ । रासस/एएफपी

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।