Main Menu
  |   Sunday, July 22, 2018
‘बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार रोकिएको छैन,११ गते सम्म म्याद थपिएको हो’
‘बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार रोकिएको छैन,११ गते सम्म म्याद थपिएको हो’

Photo : hamrakura.com

बुटवल । बुटवल- बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले बुटवलमा सुरु गरेको सडक विस्तारको क्रममा स्थानीयले अवरोध गरेका छन् । आयोजनाका इञ्जिनियर गोविन्द श्रेष्ठले स्थानीय ब्यापारी घर धनी लगायत विभिन्न संघसंस्थाको अनुरोधमा एक हप्ताको लागि म्याद थप गरिएको बताएका छन् । उनले भने – ‘सडक विस्तारको काम रोकीएको छैन हामीले उहाँहरुलाई बैशाख ११ गते सम्म सडक मिचेर बनाइएका घर भत्काउन थप समय दिएका हौं । १२ गते देखि आयोजनाले काम सुरु गर्छ ।’

मंगलबार बिहान १० बजे देखि राजमार्ग चौराहा बुटवलबाट सडक मिचेर बनाइएका घरमा डोजर चले पछि स्थानीयहरु अवरोध गर्न आएका थिए । सडक विस्तारको काममा अवरोध गरेका स्थानीयलाई बुटवलका राजनीतिक दल, उद्योग व्यवसायीले समेत साथ दिएका छन् । राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे ३ किलोमिटर क्षेत्रमा सडक मिचेर बनाइएका घर हटाउन आयोजनाले पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि डोजर लगाएको थियो ।

बुटवलको मुख्य बजार क्षेत्र राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडकमा ३ सय ११ घरहरू भत्काउनुपर्ने अवस्थामा छन् । जम्मा २५ वटा घरमात्र घरधनीले भत्काएका छन् । त्यसका लागि आयोजनाले १५ दिने सूचना जारी गरिसकेको थियो । सूचनाको मिति सोमबार सकिएको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।