Main Menu
  |   Sunday, May 27, 2018
‘विद्यार्थीको सङ्ख्यामा होइन गुणस्तरिय शिक्षामा जोड दिउँ’
‘विद्यार्थीको सङ्ख्यामा होइन गुणस्तरिय शिक्षामा जोड दिउँ’

अमर थापा

बुटवल । नयाँ शैक्षिक शत्रको सुरुवात संगै विद्यार्थीहरुको भर्ना कार्यक्रमले तिव्रता पाएको छ । विद्यालय जाने उमेर भएका बालबालिकाहरु भर्ना हुने क्रम जारी छ । उज्यालो भविश्यको लागि विद्यालयमा जाने विद्यार्थीको चौतर्फि विकासले मात्र असल ब्यक्तित्व निमार्ण हुन सक्छ । विद्यार्थीलाई असल नागरिक बनाउन विद्यालय र अविभावकले कस्ता कुरामा ध्यान दिनु पर्छ त ? प्रस्तुत छ यसै सन्दर्भमा आविश्कार पब्लिक स्कुल बुटवलका प्रिन्सिपल अमर थापा संग गरिएको कुराकानी ः

विद्यार्थी भर्ना गर्दा अविभावकले कस्ता कुरामा ध्यान दिनु पर्छ ?
आफ्ना नानिबावुले राम्रोसंग अध्ययन गरुन् भन्ने चाहाना हरेक अविभावकले गर्नु भएको हुन्छ । त्यसैले नयाँ शैक्षिक शत्रको आगमनसंगै उहाँहरुले राम्रो विद्यालयको खोजी पनि गर्नु हुन्छ । राम्रो कस्तोलाई भन्ने यहाँ नेर अविभावकहरु सचेत हुनुपर्छ । चिल्ला भवन र आकर्षक विज्ञापनले मात्र गुणस्तरिय शिक्षा प्राप्त हुन्छ भन्ने मलाई लाग्दैन । यसकारण अविभावकले भर्ना गर्नु पुर्व आफ्नो बच्चाको चौतर्फि विकास गर्न सक्ने विद्यालय छनोटमा ध्यान दिनु पर्छ जस्तो मलाई लाग्छ । चर्को शुल्क तिर्दैमा बच्चाले राम्रो शिक्षा पाउँछ भन्ने हुदैन । छिमेकी वा नातेदारको लहलहैमा लागेर भन्दा पनि अविभावकले आफ्नो आर्थिक क्षमतमा र परिवेशलाई ख्याल गरेर अघि बढ्दा तयसको फाईदा बच्चामा पर्छ ।

सानो बच्चाहरुलाई पनि विद्यालयले गृहकार्यको भारी बोकाई दिएको पाईन्छ यसले कसरी चौतर्फि विकास हुन सक्छ ?
ठिक भन्नु भयो तपाईले । हेर्नुस बच्चा जन्मदै एउटा न एउटा क्षमता बोकेर आएको हुन्छ । हामीले उसको क्षमताको पहिचान गर्न सक्नु
पर्छ । विद्यालयमा आईसकेपछि पढाईलाई प्राथमिकता त दिनु पर्छ नै यसमा दुुई मत छैन तर बच्चाको क्षमता उजागर गर्न ब्यवहारिक शिक्षा प्रदान गर्न सक्नु पर्छ । दवाव दिएर घोकाएर पठाउन थालियो भने पढाईमा एकै छिन राम्रो त होला दिर्घकालिन रुपमा उसको ब्यक्तित्व राम्रो हुन सक्दैन । यसैले हाम्रो विद्यालयले मायालु वातावारणमा मौलिकरुपले अध्ययन गर्दै आएको छ । हामीले गृहकार्यको भारी बोकाउँदैनौं ।

अझै प्रष्टरुपमा बताई दिनुस न बच्चाहरुलाई कसरी पढाउने ?
यसबारे मैले थोरै पृष्ठभूमि जोड्न चाहान्छु । म २०६९ साल देखि शैक्षिक क्षेत्रमा छु । हाल सम्म मैले धेरै बालबालिकाको शैक्षिक यात्रा राम्रो कसरि बनाउन सकिन्छ ध्यान केन्द्रित गरेको छु । त्यस भन्दा अघि पनि मैले अपाङग बालबालिकाको हितको लागि काम गरे । यसरी उनिहरुसंग संगत गर्दा मलाई लाग्यो कि अब केही न केही नयाँ तरिका अपनाउनु पर्छ । यसैले आविश्कार पब्लिक स्कुलमा हामीले MI प्रविधिलाई जोड दिएका छौं ।

MI प्रविधि भनेको के हो ?
नानी बावुहरुको बाल मनोभावलाई सम्मान र लुकेको प्रतिभालाई प्रस्फुटन गरिने प्रविधी नै MI अर्थात (Multiple Intelligence) हो । यो प्रविधी अनुसार बच्चाहरुको स्वभावलाई पहिचान गरेर अध्ययन गराईन्छ । जस्तो कुनै बच्चा चञ्चले छ भने हामीलाई चिन्ता हुन्छ सारै चञ्चले छ चकचक गर्छ राम्रोसंग पढ्ने भएन । अब हाम्रो जोड उसको स्वभाव अनुसार नै अध्ययन गराउने हो । यसको लागि छोएर हेरर बोलेर के गर्दा उसले पढाईमा ध्यान दिन्छ हामी सोही अुनसार अघि बढ्छौं । अर्को छ हेरेर गर्न सक्ने बच्चाहरु । जसले दृष्यको माध्यमबाट सजिलै बुझ्न सक्छन् । उनिहरुलाई घोकाएर कामै छैन दृष्यको माध्यमबाट छोटो समयमै शिक्षा प्रदान गर्न सकिन्छ । तेस्रो सुनेर सिक्ने बच्चाहरु हुन्छन् । उनिको रुचि अनुसार विभिन्न कुराहरु सुनाएर छिटो बुझाउन सकिन्छ । यसरी यो प्रविधीलाई अपनाउने हो भने कोही पनि विद्यार्थी कमजोर हुदैंन । यो प्रविधि अपनाउन धेरै चुनौतीहरु पनि छन हाम्रो विद्यालय ति चुनौतिहरुको सामना गर्दै MI प्रविधिलाई अपनाउने सोंचको साथ अघि बढेका छौं । यसकारण हामीले विद्यार्थीको सङख्यामा भन्दा गुणस्तरिय शिक्षामा जोड दिनु पर्छ । आजको आवस्यकता पनि यहि हो ।

तपाई अपाङग बालबालिकाको क्षेत्रमा काम गरेको पनि बताउनु भयो के त्यस्ता बालबालिकालाई के सहयोग गर्नु हुन्छ त ?
म अहिले आविश्कारलाई नमुना विद्यालय बनाउने लक्ष्यका साथ अघि बढेको छु । हाम्रो विद्यालयका शिक्षकहरु पनि अत्यन्त मिहेनत गर्नु भएको छ उहाँहरुको मिहेनतले मलाई उर्जा मिलेको छ । हामी अविभावकको सल्लाहलाई शिरोधार्य गर्दै अघि बढेका छौं । अविभावक कुनै पनि बच्चाको पहिलो गुरु र घर पहिलो पाठशाला हो । जहाँ सम्म तपाईको प्रश्न छ हेर्नुस कुनै पनि अपाङग बालबालिका अध्ययन गर्ने लक्ष्यका साथ हाम्रो विद्यालयमा आँउछन भने अवस्य पनि अवस्था हेरेर हामी सहयोग गर्न तयार छौं । हाम्रो विद्यालयमा प्लेग्रुप तथा मन्टेश्वरी देखि प्राथमिक तहका कक्षाहरुमा अध्ययन गर्ने जेहेन्दार आर्थिक रुपले विपन्न बच्चाहरुलाई छात्रवृत्ति दिन हामी तयार छौं ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।