Main Menu
  |   Monday, October 22, 2018
पार्टी एकतापछि कांग्रेस प्रतिस्पर्धी नै हुँदैन: अध्यक्ष ओली
पार्टी एकतापछि कांग्रेस  प्रतिस्पर्धी नै हुँदैन: अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नै नभएको बताएका छन् । काठमाडौं, जेठ ३ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नै नभएको बताएका छन् ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमालेले काठमाडौंको बल्खुमा बिहीबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन हुने भन्दै उनले कांग्रेस अब प्रतिस्पर्धी नभई सहयोगी मात्रै हुने बताएका हुन् ।

उनले सहयोगी पार्टीलाई साथ लिएर सरकार अघि बढ्ने भन्दै मुलुकको समृद्धिमा कांग्रेसले सहयोग गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले पार्टी एकीकरणपछि मुलुकमा अधिनायकवाद आउँछ कि भन्ने केहीलाई भ्रम रहे पनि पार्टी एकता जनताको सेवाका लागि भएको स्पष्ट पारे । उनले पार्टी एकताले नेपालको भविष्य उज्जल हुने दाबी गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन–आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताए ।

उनले मदन–आश्रित स्मृति दिवसकै दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव गरेको जानकारी पनि दिए ।

अध्यक्ष दाहालले पार्टी एकता नै मदन भण्डारी जीवराज आश्रितप्रति सच्चा सम्मान हुने बताए । मदन–आश्रित स्मृति दिवसमा माओवादी सहभागी भएको यो पहिलो पटक हो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।