Main Menu
  |   Friday, November 24, 2017
रामग्राम स्तूपमा बौद्धभिक्षु सम्मेलन हुने
रामग्राम स्तूपमा बौद्धभिक्षु सम्मेलन हुने

भिक्षुहरु प्रार्थना गर्दै

नवलपरासी । शान्तिका दूत गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राममा आगामी चैत पूर्णिमामा बौद्धभिक्षु सम्मेलन गरिने भएको छ ।

गौतम बुद्धको अस्तुधातु बनाइएका प्राचीन बौद्धस्थलमा रहेका भिक्षुलाई रामग्राम स्तूपमा जम्मा गरी सम्मेलन गर्ने तयारीमा स्थानीयवासी जुटेका हुन् ।

शाक्यमुनि बुद्धको महापरिनिर्वाणपछि उनका अस्तु तत्कालीन शाक्य, कोलिय, बैशाली, मगध, बलिया, उज्जैनलगायत विभिन्न गणराज्यका राजाले लगेर आआफ्ना राज्यमा स्तूपको निर्माण गराएका थिए । रामग्राम स्तूपबाहेक अन्य स्थानको स्तूप तत्कालीन मगधका मौर्यसम्राट् अशोकले उत्खनन गराई संसारभरि बुद्धको स्तूप बनाउन लगाएका थिए ।

कोलिय राजाले निर्माण गराएका रामग्राम स्तूप उनले उत्खनन गराउन खोज्दा नाग जातिले खन्न नदिएपछि अहिले यो स्तूप सिङ्गो रुपमा रहेको छ । सो स्तुपको महत्व प्रचारप्रसार गर्न र महत्व बौद्धमार्गीमा जानकारी गराउन बौद्धभिक्षु सम्मेलन गर्न लागिएको स्थानीय ग्रामीण पर्यटन विकास समितिका अध्यक्ष शम्भु उपाध्यायले बताए ।

अस्तुधातु राखेर निर्माण गरिएका स्तूपस्थल र अन्य बुद्धसँग सम्बन्धित बोधगया, कुशीनगरलगायत स्थानका भिक्षुको सहभागिता गराइने लक्ष्य राखिएको छ ।

“सम्मेलनको तयारीमा स्थानीयवासी लागेका छन”, उनले भने–“विश्व बौद्ध सङ्घसँग समन्वय गरी सम्मेलनको तयारी गरिने छ ।” सम्भवतः भारत र नेपाल मात्र नभई विश्वका अन्य देशका बौद्ध भिक्षुको सहभागिता पनि रहने उनको भनाइ छ ।

लुम्बिनी विकास कोष अन्तर्गत रामग्राम स्तूप भए पनि यस क्षेत्रप्रति कोषले बेवास्ता गर्दै आएको आरोप लगाउँदै अब रामग्रामको विकासका लागि स्थानीवासी आफँै लाग्ने उपाध्यायले बताए ।

अहिले कोलिय राज्यको राजधानी समेत पत्ता लागिसकेको हुँदा राजधानी र स्तूपको एकीकृत विकासका लागि पनि सम्मेलनबाटै तय गरिने छ ।

“कोषमा राजनीतिमा हाबी हुँदा पुरातात्विक र धार्मिक ऐतिहासिकस्थल ओझेलमा प¥यो”, उनले भने–“कहिलेसम्म कोषको आसमा स्थानीयवासी बसिरहने ? यसका लागि स्थानीय, नगरस्तरीय र जिल्लास्तरीय भेला आयोजना गरी तयारी गरिनेछ ।”

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।