Main Menu
  |   Friday, December 15, 2017
कांग्रेस नेता खाँणले भने : कांग्रेस एक्लैले ८२ सिट जित्छ
कांग्रेस नेता खाँणले भने : कांग्रेस एक्लैले ८२ सिट जित्छ

भैरहवा । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परीचालन कमीटीका सयोंजक बालकृष्ण खाणँले आगामी प्रतिनीधी सभा र प्रदेस सभा निर्वाचनमा नेपाली कँग्रेसको बहुमत आउने दावी गरेका छन् । लोकतान्त्रीक गठबन्धन समावेस अरु दलहरुको बाहेक काँग्रेसको मात्रै ८२ सिट आउने उनले बताए ।

सयुक्त लोकतान्त्रीक गठबन्धन रुपन्देही क्षेत्र नं ३ ले मगंलवार फर्साटिकटमा आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै पुर्व रक्षा मन्त्री समेत रहेका खाणँले आफुहरुको यो दावी हावादारी नभई बिभीन्न सर्व र अनुसन्धानमा आधारीत रहेको समेत प्रस्टाए ।

त्यस्तै समानुपातीक तर्फ काँग्रेसले जनताको लोकप्रीय मत ४२ प्रतिसत ल्याउने बताए । आउदो निर्वाचनमा लेकतान्त्रीक गठबन्धनले प्रस्ट बहुमत ल्याई काँग्रेसको नेतृत्वमा सरकार बन्ने भन्दै उनले यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रीक(राप्रपा) सगंको गठबन्धन स्वभावीक र राष्ट्रिय आवश्यकताको आधारमा गरीएको बताए ।

टिक बितरणको क्रममा सवैलाई टिक दिन नसकीएको भन्दै यसपटक धैर्य गरेर गठबन्धनलाई बलीयो बनाउन लागी पर्नेलाई अर्को पटक प्राथमीकतामा राखेर न्यान दिईने समेत बताए । राष्ट्रियत, प्रजातन्त्र, लोकतान्त्र, शान्ति प्रक्रीर्या र सविधान कार्यान्वयन गर्न लोकतान्त्रीक गठबन्धन गरीएको समेत उनले जनाए ।

‘काँग्रेसको नियती नै भनौ या बाध्यत, जव मुलुक अप्ठ्यारोमा पर्छ । कठीन अवस्थामा हुन्छ । त्यो बेला काँग्रेसले अरुलाई साथमा लिएर हिड्नु परेको छ, काँग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले भने –राष्ट्रियता र जनताके उपलब्धी रक्षा गर्न हामीले समय अनुसार राजा, माक्सबादी माले, मओबादी केन्द्र र अहीले राप्रपालाई साथ लिएका छौ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य मन्त्री एवं सयुत्त लोकतान्त्रीक गठबन्धन रुपन्देही क्षेत्र नं ३ प्रतिनीधी सभा उम्मेदवार राप्रपाका बरीष्ठ नेता दिपक बोहोराले आगामी मसिंर २१ सम्म आफुलाई साथ दिन आग्रह गर्दै त्यसपछि जतनातको साथमा रहेर काम गर्ने प्रतिबद्धता जनाए ।

आफुले बिगतमा यो क्षेत्रमा भैलेभुजा मार्फत थुप्रै बिकासका काम गरेको स्मरण गर्दै आफु बिजयी भएमा फर्साटिकमा २५ सैयाको अस्पताल निमार्ण गर्ने बताए । आफु सधै जनताको साथमा रहेर जनतासगं प्रत्यक्ष जोडीएर काम गर्ने नेता भएको भन्दै आफु र आफ्ना गठबन्धनका उम्मेदवार बिजयी भएमा यो क्षेत्रलाई नमुनाको रुपमा अगाडी बढाउने बताए ।

कार्यक्रममा बोल्दै प्रदेस सभा क्षेत्र ३ रुपन्देही २ का उम्मेदवार हरीध्वज मल्लले बिकास र प्रजातन्त्रको रक्षाकालागी आगामी प्रतिनीधी सभा र प्रदेस सभा निर्वाचनमा लोकतान्त्रीक गठबन्धनलाई जिताउनु पर्ने बताए ।

कम्युनिष्टहरुको गठबन्धनले मुलुकको राष्ट्रिय राजनीतीलाई अन्यौलमा धकेली रहेको अवस्थामा भोलीका दिनहरुमा लोकतान्त्रीक सविधान कार्यान्वयनमा सकां रहेको भन्दै उनले मुलकको सार्वभौम अधीकार रक्षा, राष्ट्रिय एकता कायम र सविधान कार्यान्वयन गरी जनताका मौलीक हक र अधीकार सुनिश्चित गर्न लोकतान्त्रीक गठबन्धनको बिकल्प नभएको बताए । प्रदेस सभा १ का उम्मेदवार देवि प्रसाद चौधरीले जनताले बिकास र स्वतन्त्रता चाहेकाले आगमी निर्वाचनमा लोकतान्त्रीक गठबन्धनको बिजयी सुनिश्चित भएको दावी उनले गरे ।

उनले क्षेत्र नं ३ को मात्र नभई समग्र रुपन्देहीको बिकासमा लोकतान्त्रीक गठबन्धनका नेताहरुमो ठुलो योगदान रहेको उल्लेख गरे ।

सयौ नेता कार्यकर्ता लोकतान्त्रीक गठबन्धनमा प्रबेस
यसैबिच आमसभामा माओबादी केन्द्र र एमालेका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरु लोकतान्त्रीक गठबन्धनमा प्रबेस गरेका छन् । जनताका अधीकारको सुरक्षा लोकतान्त्रीक गठबन्धनले मात्र रक्ष ागर्ने भन्दै उनिहरु काँग्रेस र राप्रपामा प्रबेस गरेका हुन् ।

कार्यक्रममा माओबादी केन्द्रका जिल्ला सदस्यहरु जयबहादुर छन्त्याल, जितु पुन, जोगबहादुर बिक लगायत सयौ कार्यकर्ताहरु गठबन्धनमा प्रबेस गरेका थिए । कार्यक्रमलाई काँग्रेस समानुपातीक उम्मेदवार रमा अर्याल, राप्रपाका रवि रौनीयार, प्रजातान्त्रीक सेनानी सघंका अध्यक्ष सोमनाथ सर्मा लागयतले सम्वोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।