Main Menu
  |   Sunday, July 22, 2018
विभिन्न वडामा प्रचार कार्यालय स्थापना
विभिन्न वडामा प्रचार कार्यालय स्थापना

रुपन्देही । नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को त्तिलोतमा नगर पालिकाको विभिन्न वडामा प्रचार कार्यालय स्थापना गरि प्रचार प्रसारलाई तिव्रता दिईएको छ ।

शनिवार नगरको वडा नम्बर ७ र १०मा प्रचार कार्यालयको शुभारम्भ गरिएको छ । प्रचार कार्यालयको खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा रुपन्देही क्षेत्रनम्बर एका प्रतिनिधि सभा सदस्यका उम्मेदवार अब्दुल रज्जाकले युवाहरुको समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन एक मात्र विकल्प भएको बताए ।

युवाहरुलाई आत्मनिर्भर बनाई स्वदेशमै रोजगार सृजना गर्नु तट्कारो आवश्यकता रहेको उल्लेख गर्दै लोकतान्त्रिक गठबन्धनको जितले युवाका लागि आफ्नै गाँउठाउमा रोजगारीको ग्यारेन्टी गर्ने स्पष्ट पारे ।

सोही समारोहमा प्रदेश सभा क्षेत्र नं. २(२)का उम्मेदवार हरि न्यौपानेले वाम गठबन्धनले चुनाव जितेमा मुलुकमा आगामी दिनमा चुनावै नहुने भन्दै वाम गठबन्धन व्यालेटवाट नभई बुलेटवाट शासन गर्न चाहने पार्टी भएको आरोप लगाए ।

कार्यक्रमा नेपाली कााग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँड, तिलोतमा नगर सभापति हरिलाल पाण्डे शंकर गुरुङ लगाएतले लोकतान्त्रिक गठबन्धनलाई विजयी बनाउन आग्रह गरे। त्यसै गरि नेपाल शिक्षक संघ रुपन्देहीले त्तिलोतमाको मंगलापुरमा मतदाता प्रशिक्षण सम्मपन्न गरेको संघका जिल्ला अध्यक्ष कूल प्रसाद लामिछानेले बताए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।