Main Menu
  |   Friday, December 15, 2017
निर्वाचनका लागि पाल्पामा दुई हजार कर्मचारी खटिए, सात सय प्रहरी परिचालन
निर्वाचनका लागि पाल्पामा दुई हजार कर्मचारी खटिए, सात सय प्रहरी परिचालन

पाल्पा : बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पामा सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी गरी एक हजार अाठ सय अाठ कर्मचारी खटिएका छन्। दुईवटा निर्वाचन क्षेत्र रहेको पाल्पामा दुई सय २६ मतदान केन्द्र छन्। सबै मतदान केन्द्रमा कर्मचारी पुगेर आफ्नो थालिसकेको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले जानकारी दिए।

एउटा मतदान केन्द्रमा बढीमा आठ जना कर्मचारी रहने उनले बताए। आवश्यकताअनुसार स्थानीय स्वयंसेवक पनि खटाइने उनको भनाइ छ। जिल्लाको क्षेत्र नम्बर १ मा एक सय चार मतदान केन्द्र छन् भने अाठ सय ३२ कर्मचारी खटिएको क्षेत्र नम्बर १ का सहायक मतदान अधिकृत राजेश्वर अर्यालले जानकारी दिए। यस्तै १ सय २२ मतदान केन्द्र रहेको क्षेत्र नम्बर दुईमा नौ सय ७६ कर्मचारी खटिएको क्षेत्र नम्बर दुईका सहायक मतदान अधिकृत सुवर्ण खनालले बताए।

सोमबारदेखि खटिएका कर्मचारीले आ–आफ्नो मतदान केन्द्रमा सर्वदलिय बैठक राखी व्यवस्थित तरिकाले निर्वाचन गराउन लागि विभिन्न छलफल तथा निर्णय गर्ने, नयाँ मतदातालाई परिचयपत्र वितरण गर्ने, मतदान स्थल निर्माण गर्ने लगायतका काम गर्ने छन।

मतपरिचयपत्र मंगलबारदेखि सम्बन्धित मतदान केन्द्रबाट वितरण गरिने खनालले बताए। यस्तै जिल्लाभरका मतदान केन्द्रमा झण्डै १८ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। सात सय ३७ नेपाल प्रहरी र १ हजार ४३ म्यादी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए। उनका अनुसार मतदान केन्द्रको संख्याअनुसार सुरक्षा परिचालन गरिएको छ।

तीनवटा मतदान केन्द्र रहेका वडाहरूमा कम्तिमा २२ जना सुरक्षाकर्मी परिचालित गरिएको छ। आवश्यकताअनुसार सुरक्षाकर्मी थप गर्न सकिने उनले बताए। अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरिक्षक पन्तले बताए। साथै थप सुरक्षाका लागि शसस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको छ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।