Main Menu
  |   Friday, December 15, 2017
निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा चुस्त, सुरक्षामा तालिम प्राप्त कुकुरको प्रयोग
निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा चुस्त, सुरक्षामा तालिम प्राप्त कुकुरको प्रयोग

चितवन । चितवनमा मंसिर २१ गते हुने चुनावलाई शान्तिपूर्ण बनाउन निर्वाचन सुरक्षामा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ ।

चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सोमबारदेखि हेटाँैडाबाट तालीम प्राप्त कुकुर ल्याएर सुरक्षा कडा पारिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सुरक्षित र भयरहितरुपमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालय चितवनले अवलम्बन गरेका सुरक्षा रणनीतिअनुसार जिल्लाको शंकास्पद वस्तु खोजीका लागि कुकुरको प्रयोग गरिएको हो ।

विभिन्न सात स्थानमा खोजी अभियान चलाउँदा भरतपुर महानगरपालिका वडा नं ५ कल्याणपुरस्थित नहरको झाँडीमा लुकाइ राखेको अवस्थामा कटुवा बन्दुक एक नाल बरामद गरिएको ढकालले जानकारी दिए ।

उक्त बन्दुकमा प्रयोग हुने गोली एक राउण्ड र बम बनाउन प्रयोग हुने बारुदको धुलो १५ ग्रामसमेत फेला पारिएको छ । सो घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निर्वाचनपूर्वको सुरक्षा रणनीतिअनुसार जिल्ला सुरक्षा समितिले शुरु गरेको खोजी अभियानका क्रममा विभिन्न आपराधिक क्रियाकलाप र निर्वाचन विरोधी गतिविधिमा संलग्न गरी ४६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसमा निर्वाचन विरोधी गतिविधिमा संलग्न विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २५ जना रहेको ढकालले जानकारी दिए ।

विभिन्न ठाउँमा नक्कली बम राखेर तर्साउनेक्रम बढिरहेको भन्दै उहाँले मतदातालाई ढुक्कसँग निर्वाचनमा भाग लिने वातावरण तयार गर्न प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।