Main Menu
  |   Friday, December 15, 2017
सुरक्षामा कडाई : सीमा सिल, मदिरा विक्रीमा रोक
सुरक्षामा कडाई : सीमा सिल, मदिरा विक्रीमा रोक

भैरहवा । दोश्रो चरण अन्र्तगत आगामी मंसिर २१ हुने निर्वाचनलाई ध्यानमा राखी रुपन्देही प्रशासनले सुरक्षा बढाएको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रशासनले गयराति १२ बजेदेखि रुपन्देहीसँग सीमा जोडिएका नेपाल–भारत सीमा नाका बन्द गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले निर्वाचनलाई ध्यानमा राखेर नेपाल भारत सीमा नाका बन्द गरिएको जानकारी दिए । नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा तथा प्रशासनको संयुक्त बैठकले गरेको निर्णय अनुसार मंसिर २१ मा नेपालमा हुने निर्वाचनको क्रममा १८ गते मध्यराती देखी २१ गते मध्यरातीसम्म ७२ घण्टासम्म दुवै देशको सीमा बन्द रहने मैनालीले बताए ।

यस अवधिमा नेपाल र भारतबाट आवत जावत गर्ने सवारी साधनहरु लगायत पैदल यात्रुलाई समेत सीमा वारपार गर्न रोक लगाइने छ । तर पर्यटक तथा अत्यावश्यक सवारी साधनहरुलाई आवत जावत गर्न दिने उनले बताए ।

निर्वाचनलाई भयररहित वातावरणमा सम्पन्न गर्न जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी ४ हजार ४ सय ४४ सुरक्षाकर्मी खटिएका छन् ।
यसैबीच निर्वाचनलाई ध्यानमा राख्दै मंसिर १८ गते देखी २२ गतेसम्म मदिरा बिक्रि नगर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गरेको छ ।

जिल्लामा रहेको बिभिन्न ब्यापार संगठन, होटल ब्यावसायी तथा मदिरा ब्यवसायीहरुलाई उक्त अवधिमा मादक पदार्थ बिक्रि नगर्न निर्देशन दिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले बताए ।

निर्वाचनलाई भय रहित वातावरणमा सम्पन्न गर्न स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निर्वाचन अवधिमा मदिरा बिक्रीमा रोक लगाईएको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।