Main Menu
  |   Friday, December 15, 2017
यस्तो थियो विजय जोगिएको र दाई सहिद भएको घटना
यस्तो थियो विजय जोगिएको र दाई सहिद भएको घटना

ऐतिहासिक जनआन्दोलन २०४६ को पहिलो दिन फागुन ७ गते आन्दोलनकारीहरुले देशभरीबाट आन्दोलन सुरु गर्न आह्वान गरेअनुसार पाल्पाको रामपुरमा पनि प्रदर्शनको तयारी भएको थियो ।
तत्कालिन प्रतिबन्धीत नेपाली काँग्रेस र नेपाल विद्यार्थी संघबाट राजनीतिमा सक्रिय विजयराज घिमिरेलाई आन्दोलनको नेतृत्व गर्ने जिम्मेबारी थियो ।

गाँउठाँउका ठुलाबढा र शासकहरुका विरुद्धमा चुईक्क बोल्न समेत नसक्ने बेला उनले पंचायती व्यवस्थाकै विरुद्धको आन्दोलन गर्ने आँट गरेका थिए । त्यो विशाल आन्दोलन, नेतृत्वकर्ता २१ बर्षे ठिटो, सामान्य अवस्थामा पत्याउन सकिने कुरा होईन । यसैबाट उनको राजनीतिक विलक्षणता प्रष्ट हुन्छ । कुनै फिलिमको हिरो जस्तो लाग्ने २१ बर्षे ठिटो त्यतिबेला सर्वाधिक चर्चामा थिए, विजयराज घिमिरे ।

उनैले नेतृत्व गरेको जनआन्दोलनको पहिलो दिन बेझाँडको चौतारी अगाडी प्रदर्शन सुरु भयो । प्रदर्शन सुरु हुनेवित्तिकै “विजय त्यही हो हान गोली हान” भनेर प्रहरीले उनलाई मार्नकै लागि गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरु अहिले पनि झलझली सम्झन्छन् । तर त्यो गोली उनलाई नलागी सँगै रहेका दाजु सुर्य घिमिरेलाई लाग्यो र उहाँको निधन भयो । यो घटनाले देशभरीका आन्दोलनकारीहरु थप आक्रोसित भएर आन्दोलन अझ चर्किदै गयो । उहाँलाई आन्दोलनकारीहरुले पहिलो जनआन्दोलनका पहिलो सहिद घोषणा गर्दै आन्दोलनको आदर्श पुरुष बनाए । पाल्पाको रामपुर विश्वभरी नै राजनीतिक भूमीको रुपमा समाचार शिर्षक बन्यो । हाम्रो ठाँउलाई विश्वभरी राजनीतिक भूमीको रुपमा चिनाउने उनै सहिदका भाई तथा प्रहरीको निशानाका पात्र विजयराज घिमिरेलाई अहिले हामीले प्रतिनिधि सभाको उम्मेदबारका रुपमा पाएका छा्रैं । यो हाम्रो लागि शौभाग्य हो । अवसर हो । यस्ता उम्मेदबारलाई जिताएर न्याय गर्नु हामी सवैको कर्तव्य हो । उनलाई दिने हरेक मतबाट सहिद सुर्यको आत्मालाई शान्ति मिल्नेछ ।

यसरी सानै देखि यति धेरै राजनीतिक चेतना र सक्रियता भएका उम्मेदबार देशभरमा निकै दुर्लभ छन्, राजनीति र अध्ययनलाई संगसगै अगाडी बढाउन सफल केही सिमिति राजनितिज्ञहरु मध्येमा पर्ने विजयराज घिमिरेको राजनीतिक योगदन, सक्रियता र चेतना जति धेरै छ अध्ययनबाट पनि उनी उत्तिकै उच्च तहमा पुगेका छन् । चार्टर एकाउन्टेन्ट जस्तो अति जटिल शैक्षिक योग्यता हासिल गर्न सफल घिमिरे विदेशमा पनि खोजिने पात्र हुन् । उनी भारतमा मुख्यालय रहेको सार्क विश्वविद्यालय जस्तो अन्तरराष्ट्रिय संस्थाको शिर्ष जिम्मेबारीमा रहेका छन् । ग्रामिण विकासमा स्नातकोत्तर गरेका उनी गाँउको विकास कसरी गर्न सकिन्छ भन्ने मामिलाका जानकार पनि मानिन्छन् ।

कतिपय नेताहरु राजनीतिक संघर्षका कारण शैक्षिक योग्यता हासिल गर्न सकेका हुदैनन भने कतिपय नेताहरु शैक्षिक योग्यता भएको तर राजनीतिक पृष्ठभूमी निकै कमजोर भएको पाईन्छ । विजयराज घिमिरे त्यस्ता पात्र हुन् जस्को शैक्षिक योग्यता लोभलाग्दो छ भने राजनीतिक संघर्ष आङसिरिङ्ग पार्ने र असंभव जस्तै लाग्ने खालको छ । उनले पोखराको गण्डकी बोर्डिडस्कुलमा कक्षा १० मा पढ्दै गर्दा १५ बर्षको उमेरमा तत्कालिन अंचलाधिशको अगाडी संविधान च्यातेर कठोर शासन विरुद्ध विद्रोह गरेका थिए भन्ने कुरा अहिले पत्याउन गाह्रो हुन्छ । त्यतिबेला अंचलाधिश भनेपछि आम नागरिक त्यसैपनि धरधर हुन्थ्ये, तर संविधान दिवसका दिन पुष एक गते संविधान संवन्धी बक्तृत्वकला प्रतियोगितामा भाग लिने बाहनामा नाबालक विजयले संविधानको विरोध गर्दै संविधान च्यातेपछि पञ्चायती शासकको तारो भएका थिए । नाबालक भएकाले गिरफ्तार नभएपनि माफी माग्न नमान्दा उनले जेहेन्दार विद्यार्थी भए बापत पाएको आकर्षक छात्रबृत्ति र छात्राबास समेत गुमाएर बाहिरबाट परिक्षा दिनुपरेको थियो ।

२०२५ सालमा जन्मेका रामपुरे किशोर २०४३ सालमा काठमाडौको अमृत साईन्स क्याम्पसको स्ववियु सदस्य हुन भ्याए भने १८ बर्षकै उमेरमा पाल्पा काँग्रेसको जिल्ला सदस्य भए । संभवतः सवै भन्दा कान्छो जिल्ला सदस्य अहिले सम्म उनै हुन् ।

२०४४ सालमा पार्टीले बेझाडमै आयोजना गरेको पुर्नमिलन कार्यक्रममा तत्कालिन शासकहरुले आक्रमण गरेर विजयलाई मर्यो भनेर फालेका थिए । पछि लाश ल्याउन गएका सहयोद्धाहरुले अलिअलि सास भेटेपछि तत्काल उपचार गर्न दौडाएर उनले पुर्नजीवन पाएका थिए । त्यही बर्ष नेविसंघका तत्कालिन केन्द्रीय अध्यक्ष बालकृष्ण खाँण सहित विजयलाई केलादीस्थीत प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालय पठाएको थियो ।

नेपाली काँग्रेसको जिल्ला समिति, नेपाल बिद्यार्थी संघको जिल्ला समिति र त्रिभुवन बहुमुखी क्याम्पस समिति गरी एकैपटक तीन ओटै समितिको सचिव भएका घिमिरे ०४४ सालमा सर्वाधिक खोजिने पात्र थिए । काँग्रेस प्रतिबन्धीत अवस्थामा भएको बेला भूमीगत भएर संगठन गर्ने र आन्दोलन चर्काउने विजयको जीबन हत्केलामा थियो । तानसेनको बडिज्ञान टोलमा रहेको कोठामा सुरक्षाकर्मीहरुले बेला बेलामा छापा मारिरहेका हुन्थ्ये । एक दिन उनी घरमै भएका बेला सुरक्षाकर्मीहरुले घर घेरा हाले । कतैबाट हामफालेर भाग्ने अवस्था नरहेपछि चतुर विजयले सुरक्षाकर्मीहरुलाई झुक्याउने नयाँ जुक्ति लगाए । उनले तत्काल घरकै एक महिलाको साडी लगाएर टाउको सम्म छोपेर पानी लिन जाने बाहनामा गाग्री लिएर भागेका थिए ।

उनै विजय घिमिरेले २०४६ सालको जनआन्दोलनको पहिलो दिनमै आफुलाई हानेको गोली लागेर दाईलाई गुमाउनु परेको थियो । प्रहरीको निशाना नमिलेर दाई ढलेपछि उनी प्रहरीको झनै खोजीमा परे । घटनास्थलबाट भागेर घर पुगेका विजयले सुत्केरी हुन लागेकी आफ्नी श्रीमतीलाई छोरी जन्मे चारतारा र छोरा जन्मे जयनेपाल नाम राख्न सुझाएर “तीनैलाई हेरेर चित्त बुझाउनु मेरो खोजी नगर्नु” भन्दै अनिश्चितकालका लागि सम्पर्क बिहिन भएका थिए ।

एकातर्फ दाईलाई गोली लागेको, भागदौड गर्दा आफ्नो हात भाँचिएको र अर्को तर्फ घरमा छोरो जन्मन लागेको त्रिपक्षीय सम्बेदनशील घडीमा पनि उनी लोकतन्त्रका लागि सम्पर्कबिहिन हुनु परेको थियो । उनी भागेपछि उनकी बहिनी सकुन्तलालाई प्रहरीले जेल हालेको थियो ।

यसरी सयौं पटक मृत्युको नजिक पुगेर नाफाको आयुमा बाँचीरहेका घिमिरेले अहिले हामीले उपयोग गरिरहेको लोकतन्त्र ल्याउनका लागि त्यो राजनीतिक संघर्ष गरेका थिए । दलका नेताहरु उम्मेदबार बन्न पाउने र हामीले मतदान गर्न पाउने अहिलेको लोकतान्त्रीक व्यवस्थाका खास हकदार उनै विजयराज घिमिरे जस्ता जिउदो सहिद नै हुन् । अहिले उनैले ल्याईदिएको व्यवस्थामा उम्मेदबार बनेर उनैसँग प्रतिश्पर्धा गर्न खोज्नेहरु त्यतिबेला कहाँ के गर्दै थिए ? हरेक मतदाताले सोधीखोजी गरेर न्याय गर्ने बेला आएको छ ।

यस्ता अदितिय योगदानका गौरबशाली र अन्तर्राष्ट्रियस्तरमा समेत परिचित अदभूत क्षमताका पात्रलाई हामीले पार्टी भन्दा माथी उठेर जिल्लाकै सान मानेर जुनसुकै पार्टीबाट उठेको भएपनि विजयी गराएर न्याय गर्नु पर्दछ । अहिले हामीले भोगीरहेको लोकतन्त्र ल्याउनका लागि उनले लगाएको गुन अहिले हामीले उनैलाई मतदान गरेर तिर्ने मौका पाएका छौं । मौकाको उपयोग गरौं । पाल्पाको विकासका लागि बाटो खोलौं ।

प्रस्तुति : जीबन भण्डारी

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।