Main Menu
  |   Friday, December 15, 2017
बम विस्फोटमा परेका गगन थापाको कान र ढाडमा चोट, दुई जना गम्भीर
बम विस्फोटमा परेका गगन थापाको कान र ढाडमा चोट, दुई जना गम्भीर

तस्बिर: दिलीप पौडेलको फेसबुकबाट

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगन थापालाई लक्षित गरी भएको बम विस्फोटमा ४ जनालाई बढी चोट लागेको छ भने त्यसमध्ये २ जना गम्भीर घाइते छन्।

विस्फोटमा परेका थापाको ढाड र कानमा चोट लागेको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका डा सुवास आचार्यले बताए। उनका अनुसार अस्पताल पुर्‍याइएका ११ जनाको उपचार भइरहेको छ।

त्यसमध्ये एक जनाको रक्तनली फुटेका कारण शल्यक्रियाका लागि शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा लगिएको छ। अन्यको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

विस्फोटमा परी थापासहित जयराज लामिछाने, राजकाजी श्रेष्ठ, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, रेणु बरुवाल, श्यामकृष्ण श्रेष्ठ, रविन्द्र कार्की, काशीलाल श्रेष्ठ, परशुराम थापा र सुमन खड्का घाइते भएका हुन्। त्यसमध्ये जयराज, राजकाजी, रेणु र श्यामलाई बढी चोट लागेको छ।

सोमबार बिहान काठमाडौंको बुढानीलकण्ठस्थित चपली हाइट नजिकै बस्तीमा विस्फोट भएको थियो।

गगनले भने- ‘हिंसात्मक घटनाबाट आतंकित नहुनुस्’
प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं ४ का उम्मेदवार गगनकुमार थापाले हिंसात्मक घटनाबाट आतंकित नहुन मतदाताहरूलाई अपिल गरेका छन्।

सोमबार बिहान घरदैलोका क्रममा आफूलाई लक्षित गरी भएको विस्फोटमा घाइते भइ शिक्षण अस्पतालमा उपचार गराइरहेका थापाले प्रतिक्रिया दिँदै ‘मतदातालाई आतंकित नभइ मतदानमा सहभागी हुन’ अपिल गरेका छन्।

‘म माथि योजनबद्ध तरिकाले आक्रमण भएको देखिन्छ। घरदैलोको क्रममा भौतिक आक्रमण भयो’, थापाले भने, ‘हिंसात्मक घटनाबाट मतदाताहरू आतंकित नहुनुस्, मतदानमा सहभागी हुनुस्।’

थापको घरदैलो कार्यक्रममा सोमबार बिहान बम विस्फोट भएको हो। प्रचारका क्रममा चपली हाइट पुगेका गगनसहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम विस्फोट भएको हो।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।