Main Menu
  |   Monday, April 23, 2018
मन्त्रालयको सांगठनिक संरचना तयार गरिँदै
मन्त्रालयको सांगठनिक संरचना तयार गरिँदै

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ पुनर्गठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालेको छ । काठमाडौं, चैत ८ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ पुनर्गठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालेको छ ।

पुराना मन्त्रालयबाट पुनर्गठन गरी बनाइएका नयाँ मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालिएको मन्त्रालयका सहसचिव शिवराम न्यौपानेले बताए । सांगठनिकस्वरुप तयार गर्नका लागि मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाको अध्यक्षतामा संगठन तथा व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

जसको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सहसचिव, अर्थ मन्त्रालयका एक सहसचिव, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव र सम्बन्धित मन्त्रालयका सहसचिव रहेका छन् । उनका अनुसार समितिले काम समेत थालिसकेको छ । समितिले मन्त्रालयमा चाहिने विभाग, महाशाखा, शाखाको स्वरुप तयार पार्नुको साथै ती मन्त्रालयमा आवश्यक कर्मचारीको पनि संख्या यकिन गर्ने सहसचिव न्यौपानेले बताए ।

‘‘समितिले बनाएको आधारमा मन्त्रालयका नयाँ सांगठनिकस्वरुप तयार हुन्छ’’ उनले भने –‘‘मन्त्रालयमा अहिलेको तुलनामा कर्मचारी थपघट हुन सक्दछन ।’’
समितिलाई मन्त्रालयको पुनर्गठन गर्नका लागि ६ महिनाको समय दिइएको छ । सरकारले ३१ वटा मन्त्रालयबाट पुनर्गठन गरेर २० मन्त्रालय कायम गरेको छ । रासस

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।