Main Menu
  |   Saturday, December 15, 2018
सरकार बम विष्फाेट गराउनेलाई कडा कारबाहि गर : बस्याल
सरकार बम विष्फाेट गराउनेलाई कडा कारबाहि गर : बस्याल

काठमाडौं । लहान नगरपालिका–७ दुर्गा मन्दिर नजिक लहान सिटी जेसीजका पुर्व अध्यक्ष विकास शारदाको विकास शारदा सुनचाँदी ट्रेडर्समा भएको बम विष्फोट प्रति नेपाल जेसीजले घोर भत्र्सना गरेको छ ।

नेपाल जेसीज वर्ष २०१८ का अध्यक्ष श्रीधर बस्यालले एक विज्ञप्ती जारी गर्दै उक्त घटनाको घोर भत्र्सना गर्दै दोसीलाई कडा भन्दा कडा कारकाहीको लागि नेपाल सरकारसंग माग गर्नु भएको छ । देश भरी १४ हजार युवाहरुले सक्रिय नागरिककोरुपमा क्रियाशिल रहको जनाउँदै ब्यावसायिक स्वतन्त्रताको रक्षाको वातावरणकोलागि प्रभावकारी पहलकदमीकोलागि बस्याले जोडदार माग गर्नु भएको छ ।

यस्ता घटनाले युवाहरुको मनोभावनामा नकारात्मक असर पर्ने हुदाँ आपराधिक,उत्तेजक एवं जघन्य गतिविधिलाई अविलम्ब रोक्नु पर्ने उहाँको भनाई छ । जेसीज आस्था अनुरुप ‘कि आर्थिक न्यायको सर्वोत्तम उपलब्धि, स्वतन्त्र मनुष्यको ब्यावसायिक स्वतन्त्रताद्धारा हुन सक्दछ’ भन्ने विषयमा हामी जेसीज परिवारले विश्वसा गर्ने हुँदा यो समयमा विकास शादामाथि भएको घटनाले हाम्रो ब्यावसायिक स्वतन्त्रताप्रतिको सम्मानलाई घात गरेको हामीले विश्वास गरेका र्छौ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विकास शारदा सुनचाँदी पसलमा शुक्रबार प्रेसरकुकर बम विस्फोट हुँदा छ जना घाइते भएका छन् । बम विस्फोटमा परी चार पुरुष, एक महिला र सात वर्षीया बालिका घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।