Main Menu
  |   Sunday, October 21, 2018
पेशागत कुक तालिमको सीप प्रदर्शन कार्यक्रम
पेशागत कुक तालिमको सीप प्रदर्शन कार्यक्रम

बुटवल । रुपन्देहीको तिलोत्तमामा संचालन भएको ५ महिने पेशागत कुक तालिमको बुधबार सीप प्रदर्शन कार्यक्रम मणिग्राममा भएको छ । पाँच महिने तालिममा सहभागि भएका प्रशिक्षार्थीहरुले आफुले सिकेको सीपलाई प्रयोगात्मक रुपमा प्रस्तुत गर्नका लागि गरिएको सीप प्रदर्शन कार्यक्रममा प्रशिक्षार्थीले पकाएका विभिन्न आठ परिकारहरु पं्रदर्शनीमा राखिएको थियो । रुपन्देही, पाल्पा, अर्घाखाँची, प्यूठान लगायतका जिल्लाबाट तालिममा सहभागि भएका १५ बढी प्रशिक्षार्थी विद्यार्थीहरुले खानाका परिकार आफै बनाएर प्रदर्शनीमा राख्नुका साथै आफ्ना अभिभावक तथा ईष्टमित्रलाई बोलाएर खुवाएका थिए ।

प्रशिक्षार्थीहरुले तालिममा ईण्डियन, चाईनीज, कल्टीनेन्टल, बेकरी, स्वट्स लगायतका विभिन्न परिकारहरु बनाउने सिक्ने गरेका छन् । हेल्भटासको अनुदान सहयोगमा सीप तथा ब्यवसायिक तालिम केन्द्र सिटीईभीटि, दीगो तथा सम्मानीत रोजगारीका लागि सीप परियोजना र देउराली जनता प्राविधिक शिक्षालय बुटवलले ५ महिने पेशागत कुक तालिम संचालन गरेको तालिमका प्रमुख प्रशिक्षक सुन्दर गलामीले जानकारी दिनुभयो ।

प्रदर्शनी कार्यक्रममा देउरालीका कार्यक्रम संयोजक खेम थापा, ईन्सियोर प्रोजेक्ट डाईरेक्टर महेश भट्टराई, प्रशिक्षक राजेन्द्र पौडेल, सीप प्रदर्शनी संयोजक बिनोद थापा लगायतले सिकेको सीप खेर नजाने तथा ब्यवहारमा उतार्न सकिएमा त्यसले आर्थिकोपार्जनमा सहयोग पुग्ने भन्दै पेशागत कुक तालिमको स्कोप राम्रो रहेको बताउनु भएको थियो । १२ पुरुष र ३ महिला गरि १५ प्रशिक्षार्थीले मणिग्रामको ड्रिमल्याण्डमा पाँच महिने तालिम लिई रहेका छन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।