Main Menu
  |   Sunday, October 21, 2018
दैनिक पत्र मिडिया कपमा १२ टिमको सहभागिता
दैनिक पत्र मिडिया कपमा १२ टिमको सहभागिता

बुटवल । दैनिक पत्र दैनिककोे १४ औं वार्षिकोत्सवको अवसरमा हुुने ‘चौथो दैनिक पत्र मिडियाकप भलिवल प्रतियोगिता’मा १२ टिमको सहभागिता हुने भएको छ । दैनिक पत्रको प्रकाशन संस्था बुटवल मिडिया प्रकाशन प्रा।लि।को आयोजनामा मंसिर ११ गतेदेखि हुने प्रतियोगितामा रुपन्देहीमा रहेका १२ वटा मिडियाले टिम दर्ता गरेका छन् ।

प्रतियोगितामा भैैरहवाबाट प्रकाशित गौतमबुद्ध सन्देश, रेडियो लुम्बिनी मणिग्राम, बुटवल एफएम, लुम्बिनी सामुदायिक टेलिभिजन, रेडियो मलमला मुुर्गिया ९सैनामैना०, बुद्ध सामुदायिक टेलिभिजन, रेडियो समावेशी, रेडियो जागरण, तिनाउ एफएम, सैैनामैैना एफएम र खस्यौली एफएम प्रतियोगितामा सहभागि हुने प्रतियोगिताका संयोजक लक्ष्मण पोखरेलले बताए ।

प्रतियोगितामा आयोजक दैनिक पत्र टिमको समेत सहभागिता हुनेछ । प्रतियोगिताको खेलतालिका केही दिनमै प्रकाशित गरिने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले १५ हजार नगद पुरस्कार सहित कप र मेडल पाउनेछन् । दोस्रो हुनेले १० हजार र तेस्रो हुने टिमले ५ हजार नगद सहित मेडल र कप पाउने छन् । दैनिक पत्रले ०६१ सालदेखि मिडियाकप भलिवल प्रतियोगिता गर्दै आएको थियो । केही वर्ष स्थगित प्रतियोगितालाई यो वर्षदेखि निरन्तरता दिइने भएको छ ।

दैनिक पत्रले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । मंसिर १४ गते रक्तसञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम हुने भएको हो । त्यस्तै मंसिर १६ गते बुटवलमै कवि सम्मेलनको आयोजना गरिएको छ ।

वार्षिकोत्सवको विशेषांक माघ २८ गते प्रकाशित हुनेछ भने यसबीचमा संघीयता र आर्थिक समृद्धि विषयमा प्रदेश नम्बर पाँच लगातका बिबिध क्षेत्रमा अन्र्तक्रियात्मक कार्यक्रम हुनेछन् । त्यस्तै बुटवलमै वार्षिकोत्सवको अवसरमा बृहद लेखक सम्मेलन आयोजना गरिने संस्थाका कार्यकारी प्रमुख तथा दैनिक पत्रका प्रधानसम्पादक वालकृष्ण चापागाईंले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।