Main Menu
  |   Sunday, October 21, 2018
कांग्रेसले बुटवल, भैरहवा र मर्चवारमा चुनावी सभा गर्दै
कांग्रेसले बुटवल, भैरहवा र मर्चवारमा चुनावी सभा गर्दै

बुटवल । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि र प्रदेश सभाका लागि रुपन्देहीमा मंसिर १८ गते अन्तिम चुनावी सभा गर्दैछ ।रुपन्देहीका तीन स्थानमा बृहत चुनावी सभाको तयारी गरिएको हो ।

चुनाव प्रचारप्रसारको अन्तिम दिन मंसिर १८ गते सोमबार बुटवलको ट्राफिकचोकमा,दक्षिण मर्चवारको मझगावा र भैरहवाको बुद्धचोकमा बृहत बृहत चुनावी सभाको आयोजना गरिएको नेपाली कांग्रेस रुपन्देहीका सचिब रामकृष्ण खांणले जानकारी दिए ।

बुटवलको चुनावी सभा बिहान १० बजे शुरु हुने र लगत्तै भैरहवा र मर्चबारमा सभा हुने जनाइएको छ ।ती स्थानहरुमा तयारी अन्तिम चरणमा पुगेको छ ।

बुटवल,भैरहवा र मर्चवारमा हुने तीन वटै सभामा नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक बालकृष्ण खांण,केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महत,केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेदबार पुष्पा भुसाल,अर्का केन्द्रिय सदस्य उमादेबी जैशी,पूर्व मन्त्री चित्रलेखा यादब लगायतको केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।