Main Menu
  |   Sunday, September 24, 2017
प्रतिनिधि र प्रदेशसभाको निर्वाचन दुई चरणमाः कुन जिल्लामा कहिले ?
प्रतिनिधि र प्रदेशसभाको निर्वाचन दुई चरणमाः कुन जिल्लामा कहिले ?

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनअन्तर्गत् मंसिर १० गते हिमाली र उच्च पहाडी ३२ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

आयोगको बिहीबार बसेको बैठकले दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत् गर्दै पहिलो चरणमा हिमाली तथा उच्च पहाडी ३२ जिल्ला र दोस्रो चरणमा पहाडी तथा तराईका ४५ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो ।

जसअनुसार पहिलो चरणमा प्रदेश नम्बर–७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन गरिनेछ ।यस्तै, प्रदेश नम्बर–६ का जाजरकोट, हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र पश्चिम रुकुम तथा प्रदेश नम्बर–५ अन्तर्गत् पूर्वी रुकुम र रोल्पामा निर्वाचन हुनेछ ।

यस्तै, प्रदेश नम्बर–४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, गोर्खा, मनाङ र लमजुङ जिल्लामा मंसिर १० गते निर्वाचन हुनेछ ।३ नम्बर प्रदेशका नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप तथा १ नम्बर प्रदेशका सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ जिल्लामा सोही मितिमा निर्वाचन गरिने पनि पनि आयोगले जनाएको छ ।बाँकी जिल्लाहरुमा मंसिर २१ गते प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरिएको छ । ईमेज खवरबाट ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।